Saturday, June 19

सुत्केरीमै अर्को परपुरुष ल्याएर घरमै राखेको आरोप लगाउने प्रहरी हवल्दारको श्रीमती आईन मिडियामा, बल्ल खुल्यो वास्तविकता (भिडियो सहित)

May 19, 2021 103

सेवा निवृत्त भएका प्रहरीले आफ्नो श्रीमती घर छोडेर हिँडिने भन्दै मिडियामा सार्वजनिक गरिदिएपछि उनको श्रीमती पनि सार्वजनिक भएकी छन् । इटहरी उपमहानगरपालिका १ मझौरा भन्ने स्थानमा यस्तो घटना भएको हो । टिका प्रसाद श्रेष्ठले आफ्नो श्रीमती गएको मंसिर देखि घर छोडेर हिँडेको भन्दै उनी सार्वजनिक भएका थिए ।

श्रीमानले आफ्नो बारेमा अनावश्यक आरोप लगाउँदै मिडियावाजी गरेपछि उनले रुँदै आफ्ना कुरा राखेकी छन् । उनले आफुलाई सुत्केरी भएको बेलामा पनि श्रीमानले वास्ता नगरेको बताएकी छन् । सुत्केरी भएको बेलामा पनि नहेर्ने श्रीमानले अरु बेला झन कस्तो ब्यवहार गरे होलान् उनले रुँदै भनिन्, एउटा महिलाले त्यसै घर छोड्दैन । नचाहिँदो कुरा गरेर मेरो बे इ ज्ज त गर्न भएन । उनले एकतर्फी कुरा मात्र राखेर महिलाको बे इ ज्ज त गरेको आरोप लगाएकी छन् ।

टिकाको श्रीमती टिका नहुँदा घरमा धेरै खानेकुरा मगाएर खाने र रमाइलो गर्ने गरेको परिवारले आरोप लगाएका छन् । उनले श्रीमानसंग बारम्बार सम्पर्क भइरहेको बताएकी छन् । म नबोलेको एक महिना मात्र भयो नत्र श्रीमानसंग फोनमा सम्पर्क भइरहेको छ । टिका सुत्केरी भएको बेलामा पनि एक जना पुरुष आउने गरेको र श्रीमतीले उनलाई साथीको दाई भनेर चिनाउने गरेको पनि परिवारका सदस्यको आरोप छ । तर उनले त्यो कुरा पुरै अस्वीकार गरेकी छन् ।

श्रीमान र छिमेकीले यो भन्दा अगाडिको भिडियोमा लगाएको आरोप अनुसार, शसस्त्र प्रहरीको हवल्दार रातभरी डिउटी गर्थे भने दिउसो उनी रिक्सा समेत चलाउने गर्थे । घरमा उनी निकै थाकेर आएका हुन्थे । परिवारसंग खुसी साथ रमाउन समेत पाउँथेनन् । तर उनको श्रीमती भने सासु ससुरासंग मिल्न नसकेर घर छोडेर हिडेकी छन् । टिका प्रसाद श्रेष्ठको श्रीमती घर छोडेर हराएकी छन् ।

टिकाको श्रीमती टिका नहुँदा घरमा धेरै खानेकुरा मगाएर खाने र रमाइलो गर्ने गरेको परिवारले बताएका छन् । टिका सुत्केरी भएको बेलामा पनि एक जना पुरुष आउने गरेको र श्रीमतीले उनलाई साथीको दाई भनेर चिनाउने गरेको पनि परिवारका सदस्यको आरोप छ । सुत्केरी भएको बेलामा पनि अस्पतालमै पुगेका उनी घरमा पनि आउने गरेका थिए । अहिले टिका रिटायर्ड भएर घरमै छन् ।

केही समय देखि श्रीमती हराएपछि उनी खोजीका लागि मिडियामा पुगेका छन् । संगै हात समाएर बसेको देखे पछि श्रीमतीलाई उनी को हुन् भनेर सोध्दा साथीको दाई भनेर चिनाएकी थिइन् । सुत्केरी भएको बेला श्रीमान औषधी लिन बाहिर जाने गर्थे भने साथीको दाईले हात समाएर यता उता डुलाउने, शौचालय समेत लैजाने समेत गरेको श्रीमानको भनाई छ । बाँकि यहाँ तलको भिडियोमा हेर्नुहोस :

प्रतिकृया दिनुहोस्