Friday, December 3

एकसाथ जन्मिएका यि जुम्ल्याहा इन्जिनियर दाजुभाईलाई कोरोनाले सँगै लग्यो

May 19, 2021 81

कोरोना महामारीले यतिबेला भारत ठूलो संघर्षमा छ । भारत हुँदै नेपालमा पनि यसको मार परिरहेका बेला भारतबाट फेरी अर्को दु खद खबर बाहिरिएको छ । कोरोनाको दोस्रो लहर फैलिरहेका बेला भारतमा लाखौं मानिस संक्रमित भएका छन् भने दैनिक चार हजार मानिसको निधन भइरहेको छ ।

यसैबिच महामारीको यो लप्कोले मिरूतस्थित सेन्ट थोमस स्कुलका शिक्षक ग्रेगोरी रेमन्ड राफेलको घरलाई पनि छोयो। उनका जुम्ल्याहा दुई छोरालाई को रोनाले ल ग्यो । सन् १९९७ मा राफेलकी पत्नी सोजाले उनीहरूलाई केही मिनेटको अन्तरालमा जन्म दिएपछि छाएको खुशी एकै निमेशमा अस्तायो ।

मे १३ मा यि दुवै छोराको उपचारका क्रममा निध न भएको हो ।एउटै विश्वविद्यालयमा आइटी पढे र इन्जिनियर बने यि दाजुभाईको शरीरमा अक्सिजनको मात्रा निकै घटेर श्वास प्रश्वासमा समस्इा आएपछि उपचारका क्रममा निधन भएको अस्पतालले जनाएको छ ।

बाबु राफेललाई अस्पतालले एउटा छोरा बितेको खबर अस्पतालले बताएसँगै उनलाई अर्को छोरासँग छुट्टीन नसक्ने जुम्ल्याहा अर्को छोरा पनि नरहने कुराले चिसो पलायो ।नभन्दै त्यस्तै भयो। केही घन्टा नबित्दै सोही अस्पतालमा उपचार भइरहेका अर्का छोराको पनि मृ त्यु भएपछि आनन्द अस्पतालबाट राफेलको घरमा गएको फोनले रु वाबासी निम्त्यायो ।

प्रतिकृया दिनुहोस्