Wednesday, June 16

जब भखरै बिहे गरेका बेहुलाले बेहुलीलाई मोटरसाइकलमा लिएर जाँदै थिए आचानक प्रहरीले रोकेर उल्टै यस्तो गरेको देखेर छक्क परे, हेर्नुहोस भाईरल भिडियो

May 19, 2021 78

भारतमा महामारीको समयमा निकै नराम्रा समाचार सार्वजनिक भइरहेको बेलामा केही यस्ता घटना पनि भएका छन् जसले मानिसलाई केही आहत दिएको छ । महामारी फैलन नदिन प्रहरी सडकमा तैनाथ छन् ।सडकमा हिड्नेहरुलाई निकै कडाई गरिहेका छन् । तर भारतको पञ्जावमा अहिले एउटा निकै रमाइलो भिडियो भाइरल भइरहेको छ । प्रहरीको काम देखेर सामाजिक सञ्जालमा निकै प्रशंसा भइरहेको छ ।

एक वेहुला र वेहुली मोटरसाइकलमा कतै गइरहेका थिए । उनीहरु विवाहको लुगामै छन् । श्रृंगार गरेकी वेहुलीलाई मोटरसाइकलको पछाडी राखेर वेहुला घर जाँदै थिए । वाटोमा फेला परे प्रहरी ।प्रहरी देखेपछि उनीहरु डराए । तर त्यहाँ यस्तो दृष्य देखियो की सबै छक्क परे । प्रहरीले स्वास्थ्य मापदण्ड पालना गर्दै विवाह गरेको थाहा पाएपछि उनीहरुलाई उल्टै सगुनको पैसा दिए । गल्ती गरेको भन्दै जरिवाना लिन्छन् होला भन्ने सोचेका वेहुला वेहुली छक्क परे ।

उनीहरुले बीच सडकमै वेहुला बेहुलीलाई माला लगाइदिए । सगुन स्वरुप पैसा झिकेर दिए अनि सफल दाम्पत्य जिवनको शुभकामना दिए । सडकमा दुइु जना प्रहरी थिए । दुवै प्रहरीले पालैपालो उनीहरुलाई माला लगाएर पैसा दिएका थिए ।अहिले सो भिडियो सामाजिक सजालमा निकै भाइरल भएको छ । प्रहरीको निकै प्रशंसा भएको छ । प्रहरी जनतालाई दुख दिनका लागि होइन खुसीमा उनीहरु पनि खुसी साट्न सक्छन् भन्ने उदाहरण उनीहरुले दिएका छन् ।

प्रतिकृया दिनुहोस्