Tuesday, June 15

श्रीमानले मलाई चाहे तर मैले अर्कैलाई चाहेर गए, २ हफ्ता बसे गल्ति भयो भन्दै श्रीमतीले माफी मागेपछि श्रीमानले अंगालो हालेर स्वीकार गरे (भिडियो सहित)

May 17, 2021 181

श्रीमान श्रीमती भनेको एक रथका दुइ पांग्रा हुन् भनिन्छ । जीवनमा यी दुईको वीचमा मेल हुनु एकदम आवश्यक हुन्छ । सुमधुर सम्बन्धले मात्र जीवन सहज हुने गर्दछ । वैवाहिक सम्बन्धमा सानोतिनो झगडा वा मनमुटाव हुनु स्वाभाविक हो । अहिलेको भागदौड र व्यस्तताको कारणले गर्दा एकअर्कालाई समय दिनु गाह्रो हुँदा श्रीमान श्रीमतीको सम्बन्धमा दरार आउने गर्छ । विवाहपूर्व प्रेम र खुशीले भरिएको जीन्दगी विवाहपछि एउटा कल्पनामा मात्रै सिमित हुन्छ ।

जब एक अर्काप्रति गुनासो हुन थाल्छ । आपसमा विचार नमिल्नु, एक अर्कालाई समय नदिनु, एकअर्काको इच्छाको ख्याल नगर्नु जस्ता समस्याको कारण वैवाहिक सम्बन्धमा दरार पैदा हुन्छ । वैवाहिक सम्बन्धमा तनावको कारण सम्बन्ध विच्छेद गर्नेको संख्या पनि लगातार वृद्धि भइरहेको छ । एकअर्का प्रति यति धेरै नकारात्मकताले भरिएको छ कि एक अर्काको हत्या गर्न पनि पछि पर्दैन । त्यसको लागि श्रीमान श्रीमतीले केही कुरा गर्नुपर्ने हुन्छ ।

श्रीमान श्रीमतीको सम्बन्धमा एक अर्का प्रति समझदारी र विश्वास हुनु जरुरी हुन्छ । हरेक श्रीमान श्रीमतीको इच्छा हुन्छ कि श्रीमान वा श्रीमतीले उनको पनि भावनाको कदर गरोस् । यस्तो सहारा बनोस् कि जोसँग उसले जिन्दगी विताउने कल्पना गरेको छ उसले हरेक चुनौतीको सामना गर्न सकोस् या जुध्न सकोस् । एकअर्काको साथ कदममा कदम मिलाएर चल्न सकियोस् कि जीन्दगीको सारा बोझको सजिलैसँग उखेलेर फ्याक्न सकियोस् ।

धेरैजसो श्रीमान श्रीमतीले एक अर्काको भावनाको बुझ्न सकिरहेको छैन् । जसले गर्दा उनीहरुको सम्बन्धमा दूरी बढ्न थाल्छ । एउटै छतको मुनिसँगै बसेर पनि एकअर्काको लागि अन्जान बनेर बसेका हुन्छन् । सदैव एकअर्काको कुरा सुन्ने गरौं । आफ्नो मनको कुरा जे छ त्यो कुरा आफ्नो पार्टनरलाई बताउने गर्नुपर्छ र उसको पनि सुन्ने गर्नुपर्छ । एक अर्काको मनपर्ने मननपर्ने कुराको ध्यान राख्नुपर्छ ।

यसै क्रममा पछिल्लो समय एउटा श्रीमान श्रीमतीको घटनाले अहिले चर्चा बटुली रहेको छ । उनी फोनको कारणले रिसाएर हिडेकी थिइन् । श्रीमानले अर्कै पुरुषसंग फोनमा धेरै कुरा गरेको देखेर श्रीमान श्रीमतीसंग विवाद भयो । देश परदेशी राई भन्ने ब्यक्तिलाई फोनमा कुरा गरेको देखेपछि तँ जो संग फोनमा कुरा गर्छेस् त्यसैसंग जा भनेर श्रीमानले भनेपछि विमला राई घर छोडेर हिडेकी थिइन् । उनी धेरै दिन पछि मोरगंमा फेला परिन् ।

सुरुमा त श्रीमानसंग म घर फर्केर आउँदिन भनेकी थिइन् । तर श्रीमानले उनलाई फकाएर ल्याए । बलबहादुर दर्नाल र विमला राई अहिले खुसी साथ घर फर्किएका छन् । मलेसियामा बस्ने देश परदेशी राईका कारण संखुवासभामा बसेका श्रीमान श्रीमतीबीच विवाद भएको थियो । त्यसपछि घर छोडेर हिँडेकी विमला घर फर्केका छन् । श्रीमती कानेपोखरीमा छन् भन्ने थाहा पाएपछि संखुवासभावाट उनी श्रीमती लिन कानेपोखरी पुगेका थिए ।

अर्को मान्छेले जतिबेला पनि फोन गरीरहने र श्रीमती त्यो मानिससंग बोलेको बोल्यै गर्ने गरेका कारण उनीहरुबीच विवाद भएको हो । श्रीमानले त्यती बेला राम्रो तरिकाले सम्झाएको भए म घर छोडेर हिडेकी थिएँ, जो संग फोनमा कुरा गर्थे ति ब्यक्ति मेरा गाउँले दाई हुन् ।

देश परदेशी राईलाई दोशी भन्नेहरुलाई म भन्छु त्यसमा म पनि दोशी हो । मैले पनि उहाँसंग कुरा गरेका कारण यो समस्या भएको हो । घर छोडेर हिँडेपछि आफुलाई पनि निकै पछुतो लागेको बताएकी छन् । मैले बेकारमा घर छोडेर आएँ भन्ने लाग्यो, मैले फेरी देश परदेशी राईसंग कुरा गर्दा तिम्रो श्रीमान निकै रोएका छन् तिमी फर्केर घर जाउ भनेर उनैले सम्झाएको बताएका छन् ।

उनले तिनलाई दाई नै भन्ने गरेको र उनीसंग सबैसामु माफी समेत मागेकी छन् । उनले अब देखि विदेशमा रहेका ति ब्यक्तिसंग कुरा नगर्ने बताएकी छन् । मैले आफ्नै तरिकाले घर छोडे तर आरोप दाईलाई आयो । म माफी चाहन्छु ।

प्रतिकृया दिनुहोस्