Wednesday, June 16

ओलीलाई ४ पटक पार्टीबाट निकाल्नेको अपराधीहरूकाे मुहार झलझली सम्झना छ : सुर्य थापा

March 9, 2021 225

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाको स्टाटस विवादित हुन्छन् । उनी आफ्ना विरोधीहरु प्रति निकै खरो रुपमा प्रस्तुत हुन्छन् । सर्वोच्च अदालतको निर्णय पछि एमालेमै रहने निर्णय गरेका वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाललाई उनले ‘अपराधी’ भन्दै आलोचना गरेका छन्।मंगलबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले त्यस्तो आलोचना गरेका हुन् । उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चार पटक पार्टी सदस्यताबाट निस्कासित गरेको भन्दै उनले पार्टीका वरिष्ठ नेताहरुलाई ‘अपराधी’ को संज्ञा दिएका हुन् ।

प्रधानमन्त्री ओलीको संसद विघटन गर्ने निर्णयको विरोध गर्दै अनौपचारीक रुपमा विभाजन भए पछि नेकपाका अध्यक्ष समेत रहेका माधव नेपाल समुहले प्रधानमन्त्री ओलीलाई संसदिय दलवाट का रवाही गरेको थियो ।मंगलबार बिहान फेसबुकमा आफ्ना धारणा राख्दै थापाले ओलीलाई चार पटक पार्टी सदस्यताबाट निस्कासित गरेको घोषणा गर्ने अपराधीहरूको मुहार झलझली सम्झना भइरहेको बताएका हुन् ।

‘प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चार पटक पार्टी सदस्यताबाट निस्कासित गरेकाे घाेषणा गर्ने अपरा’धीहरूकाे मुहार झलझली सम्झना भइरहेकाे छ।जनताले दुई तिहाइकाे जनादेश दिएकाेमा सरकारलाई घेराबन्दी गरी असफल बनाउन न्वारानदेखिकाे बल लगाउने यिनकाे अनैतिक हर्कत बिर्सन मिल्दैन ।

प्रतिकृया दिनुहोस्