Sunday, September 19

खुसीको खबर ! नेपालमा पछिल्लो २४ घण्टामा ६६४८ संक्रमित निको भई डिस्चार्ज भए

May 16, 2021 156

पछिल्लो २४ घण्टामा देशभर ६ हजार ६४८ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर हालसम्म तीन लाख ३९ हजार ७५६ जना निको भइसकेका छन्।आज देशभर सात हजार ३६८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १९ हजार ४३९ जनाको पिसिआर र ३४४ जनाको एन्टीजेन परीक्षणमा सात हजार ३६८ जनालाई संक्रमण पुष्टि भएको छ।

पिसिआर विधिबाट सात हजार ३१६ र एन्टीजेन विधिबाट ५३ जना संक्रमित पुष्टि भएका हुन्। योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या एक लाख १० हजार २६३ पुगेको छ। देशभर ७०१ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

काेराे-ना भा- ईरस ( काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ अनिबार्य रुप मा माक्स को प्रयोग गरौं साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश । हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ । तपाइको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ ।

प्रतिकृया दिनुहोस्