Tuesday, September 21

दीपाश्री निरौलाको यस्तो खुलासा म अविवाहित हुँ, यौ न आनन्द पनि लिइरहेकी छु, तर कसरी ?

May 16, 2021 124

अभिनेत्री एवम् फिल्म निर्देशक दीपाश्री निरौलाले आफू अविवाहित भएपनि यौ न आनन्द लिइरहेको बताएकी छिन् । उनले यौ न आनन्द लिनबाट आफू पछाडि नरहेको बताइन् । पत्रकार ऋषि धमलासँग ‘जनता जान्न चाहन्छन्’ नामक टेलिभिजन कार्यक्रममा दीपाले विभिन्न साधनमार्फत यौ न आनन्द लिइरहेको बताइन् ।

‘अहिलेको वैज्ञानिक युगमा यौ न आनन्द लिन समस्या छैन । मैले पनि विभिन्न साधनमार्फत यौ न आनन्द लिएको छु’, उनले भनेकी छिन्, ‘से क्स गर्न विवाह नै हुनु पर्दैन ।’तपाईको विवाह दीपक गिरीसँग कहिले हुन्छ भनेर सोधिएको प्रश्नको जवाफमा अभिनेत्री दीपाले भनिन्, ‘मेरो विवाह नै हुँदैन । दीपकसँग विवाह हुँदैन ।’

दीपाले समाजले दियो भने दीपक गिरीसँग आफ्नो विवाह हुने बताइन् । ‘कानून र समाजले गर्दा दीपक गिरीसँग मेरो विवाह हुँदैन’, उनले भनिन्, ‘समाजले दियो भने मात्रै दीपकसँग विवाह हुन्छ ।’निर्देशक दीपाले छक्का पञ्जा फिल्मको सिक्वेल अब नबनाउने बताइन् ।

‘छक्का पञ्जाको सिक्वेल नबनाउने भनेर सोँच बनाएका छौँ’, उनले भनिन्, ‘हाम्रो टिममा सल्लाह हुँदै छ ।’राजनीति प्रवेशका बारेमा पनि दीपाले प्रस्ट पारेकी छिन् । ‘म जीवनमा राजनीति गर्दैन’, उनले भनिन्, ‘राजनीतिमा जाने मेरो कुनै सोँच छैन ।’ तपाई कम्युनिस्ट हो भन्ने प्रश्नको जवाफमा उनले भनिन्, ‘म कुनै पनि पार्टीको होइन ।’

प्रतिकृया दिनुहोस्