Wednesday, June 16

कोरोनाका कारण ज्यान गुमाएका बुबाको किरिया गर्न भए पनि फर्किएर आउनुहोस् भन्दै श्रीमतीले पठाईन अन्तिम संदेश

May 15, 2021 99

सल्यानकी मिना परियारको जस्तो पीडा सायद कमै को होला । केही वर्ष अगाडी मागी विहे गरेर छत्रेश्वरी गाउँपालिका ७ जाम्नेखोलामा सन्तोष नेपालीसगं विहे गरेर आएकी उनको सुरुका दिनहरु खुसी मै बिते । सुरुमा श्रीमानको माया र घर परिवार तथा माईतीको मायाले उनी दगं थिईन् । उनीहरुका २ वटा बच्चा पनि भए ।

श्रीमान सन्तोषले पनि मेहनत गरेर परिवारको जिविको गरिरहेकै थिए । उनीहरु खुसीसाथ जिवयापन गरिरहेका थिए । तर त्यो खुसी धेरै दिन टिक्न भने सकेन् । ससाना कुरामा सन्तोषले श्रीमतीसगं झगडा हुन थाल्यो । यसैविषयलाई लिएर उनले घर छाडेर हिँडे । ३ वर्षदेखि श्रीमानको पर्खाईमा बसेकी मिनालाई न उनको एउटा म्यासेज नै आयो न त फोन नै । अझै पनि फर्केर आउने आशा उनमा मरेको छैन् ।

भर्खर कोपिला लाग्दै गरेका २ सन्तानको जिम्मेवारीबोध नसोँचेर चटक्कै छाडेर गएका श्रीमानको यादमा उनका आँखा ओभाउन सकेका छैनन् । छोरा छोरीले बाबा खोई भन्दा उनी नाजवाफ हुन्छिन् । मैले के भनौँ यहाँ जान्छु भनेर गएको भए पो यहाँ छन् भनौँ, निष्ठुरी बनेर हिँडेका कहाँ छन् के थाहा उनले भ क्का निँदै भनिन् । छर छिमेकी आफन्त प्रहरी सबैतिर खोजि गरिसके ।

तर कहीँ कतैबाट पनि सन्तोषको बारेमा खबर नपाएको उनले बताईन् । सबैकुरा भुलेर सामान्य जीन्दगीमा फर्किँदै गरेकी उनलाई फेरी अर्को बज्रपात आईलाग्यो । उनको सहारा बनेका ससुराको पनि कोरोना सक्रंमणका कारण मृत्यु भयो । मेरो अभिभावक बुबा जे भनेपनि उहाँनै हुनुहुन्थ्यो अब उहाँले पनि छाडेर जानुभयो । छोराहरुको अनुहार हेरेर चित्त बुझाउने बाहेक उनीसगं अब अर्को विकल्प रहेन् । कोरोनाका कारण ज्यान गु मा एका उनका ससुरा बुबाको किरिया गर्न श्रीमान फर्किन्छन् की भन्ने झिनो आशा बोकेर उनी बसिरहेकी छिन् ।

सन्तोष बाबाको निधन भयो अन्तिमपल्ट आफुलाई जन्मदिने बुबाको किरिया गर्न त प्लिज फर्र्किएर आउनुहोस् । उनले बेपत्ता श्रीमानलाई आफ्नो चि त्का र सुनाउँदै भनिन् । शुक्रवार मृत्यु भएका उनका ससुरा बुबाको सदगद गरेका छन् । परिवारले अन्तिम पटक बुबाको मृत्युको खबरले छोरा फर्किन्छकी भन्ने आशा गरिरहेका छन् । बुबाको किरिया गर्न भएपनि एकपल्ट आउन उनीहरुको आग्रह छ ।

प्रतिकृया दिनुहोस्