Friday, June 25

प्रचण्डलाई ‘विप्लव’को प्रश्न : क्यान्टोन्मेन्टको १९ अर्ब खै ?

March 9, 2021 138

केही दिनअघि मात्रै प्रतिबन्ध फुकुवा भएको नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले तत्कालीन माओवादी नेतृत्वले ल’डाकु शिविर (क्यान्टोन्मेन्ट) व्यवस्थापनका नाममा अर्बांै रुपैयाँ अनियमितता गरेको भन्दै त्यसको हिसाबकिताब हुनुपर्ने बताएका छन् । उनले तत्कालीन नेकपा माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वलाई लक्षित गर्दै क्यान्टोन्मेन्टमा भएको आर्थिक अनियमितताबारे गम्भीर प्रश्न उठाएका हुन् ।प्रतिबन्ध फुकुवापछि गृहजिल्ला कपिलवस्तुमा सोमबार आयोजित कार्यक्रममा बोल्दै विप्लवले जनमुक्ति सेनाको पैसामाथि भ्रष्टाचार भएको विषय सार्वजनिक भएको र सो विषय आफूले त्यतिखेरै पार्टीमा गम्भीर रूपमा उठाएको भए पनि बेवास्ता गरिएको बताए ।

विप्लवले आपूmहरूले पार्टीभित्र त्यस्तो बदमासी नगर्नुस् है भनेर नेतृत्वलाई सचेत गराएको स्मरण गर्दै भने ‘२० हजार जनमुक्ति सेना ब्यारेकमा बस्दा प्रतिसेना ५ हजारका दरले काटियो, क्रान्तिका निम्ति भन्दै काटिएको त्यो पैसा कहाँ गयो ? पूर्वमाओवादी कमान्डर मध्येका एक विप्लवले प्रश्न गर्दै भने ‘थोरैको कुरा हो र १९ अर्ब रुपैयाँको कुरा छ त्यसको खोजीनीति हुनुपर्छ,’भ्रष्टाचारको विषय सार्वजनिक भए पनि ठोस परिणाम नआएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । ‘भ्रष्टाचार कसले गरेको हो ठोस हुनुपर्दैन । एउटाले अर्कोलाई दोष दिएको छ,’ उनले भने ।

विप्लवले शीर्ष दलले जनताको मत पाएर जनताकै अपमान गरेको बताए । उनले भने, ‘दलहरू गुटगत ल’डाइँमा छन् । आफ्नो गुटका लागि ल डेर जनतालाई सुख हुँदैन, प्रगति हुँदैन,’ आफूहरू शान्ति विरोधी नभएको भन्दै उनले भ्रष्टाचारीको विरोधमा आवाज उठाएको बताए । ‘भ्रष्टाचार गर्नेलाई कारबाही गर्नु गल्ती हो त ? किसानलाई सस्तोमा ऋण दिनुपर्छ भन्नु गल्ती हो त ?’ उनले प्रश्न गरे ।

प्रतिकृया दिनुहोस्