Tuesday, September 21

कोरोना महामारीसँगै आकाशियो उपभोग्य वस्तुको मूल्य, दुई हजार पर्ने चामलको बोरालाई तीन हजार पर्न थालेपछि मारमा स्थानीय

May 14, 2021 266

ताप्लेजुङमा दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको छ । कोरोना महामारीसँगै निषेधाज्ञा लागू भएपछि जिल्लामा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको हो । कोरोना भाइरसको सङ्क्रमण तीव्ररूपमा बढ्न थालेपछि सदरमुकाम फुङ्लिङमा गत वैशाख २० देखि जेठ २ गतेसम्म निषेधाज्ञा लागू गरिएको छ । निषेधाज्ञापछि फुङ्लिङ बजार बन्द भएको र उपभोग्य वस्तु सहजरूपमा ढुवानी हुन छाडेपछि मूल्य आकाशिएको हो ।

फुङ्लिङ बजारमा अहिले चामल, दाल, खानेतेलजस्ता खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको छ ।निषेधाज्ञा अघिसम्म जुनेली चामल ३० केजीको पोका रु एक हजार ७७५ सम्ममा पाइने अहिले रु दुई हजार पर्न थालेको छ । रु दुई हजार ६२५ पर्ने ५० केजी तौलको किसान चामलको पोकालाई रु तीन हजार पर्न थालेको छ । खानेतेल सूर्यमुखी आधा लिटरको पोकालाई रु १२५ पर्न थालेको छ भने तोरी तेलको पोकालाई रु १३५ पु¥याइएको छ ।

प्रतिकृया दिनुहोस्