Friday, December 3

अन्त्यमा जिते ओलीले, माओवादी र कांग्रेसले भने ‘बहमतीय सरकार बन्ने सम्भावना हरायो’

May 13, 2021 106

संसदमा विश्वासको मत नपाएपनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नै फेरी प्रधानमन्त्रीमा नियुक्त हुने सम्भावना बढ्दै गएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लािग दिएको समय सकिदै गएका कारण ओली नै प्रधानमन्त्री हुने सम्भावना बढेको हो । नेकपा एमालेमा बढ्दै गएको विवाद समाधान हुनेक्रममा रहनु र जसपा पनि एक ढिक्का नभएका कारण नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले अब बहुमतीय सरकारको सम्भावना टरेको निष्कर्ष निकालेको छ ।

विहिवार ओलीले पार्टी एकताका लागि माधव नेपालसंग वार्ता गरेका छन् । माधव नेपालले राख्दै आएको जेठ ३ कै अवस्थामा पार्टीलाई लैजान समहमति भए ओली र नेपाल मिल्ने सम्भावना छ । त्यसो हुँदा नेपालले नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री बन्ने वातावरण बनाउने छैनन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बिहीबार भएको भेटमा नेकपा एमालेमा भइरहेको सहमतिको प्रयास र जसपाका नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतो पक्षको अडानका कारण वहुमतीय सरकार गठनको संभावना टरेको निष्कर्ष निकालेको हो ।

एक नेताका अनुसार एमालेमा अध्यक्ष केपी शर्मा ओली जेठ २, २०७५ मा फर्किन तयार भए माधवकुमार नेपाल पक्षले राजीनामा नदिने देखिएको छ । र, ओली पक्षले जेठ २ मा फर्किन सहमति जनाउने सम्भावना सम्भावना पनि रहेकाले ओली र नेपाल मिल्न सक्छन् । जसपाका नेताद्वय महन्थ ठाकुर र राजेन्द्र महतोले बिहीबार विहान देउवालाई भेटेर नयाँ सरकार गठनमा साथ नदिने स्पष्ट बताइसकेका छन् ।

प्रतिकृया दिनुहोस्