Friday, December 3

डाक्टरको पुकार, सरकार अक्सिजन देउ ! हामी धेरै विरामी बचाउन सक्छौं,अक्सिजन ठुला बडाले लुकाए त्यहाँ छापा मार सरकार

May 13, 2021 207

सुदूरपश्चिम प्रदेशका निजी अस्पतालले अक्सिजन आपूर्ति ठप्प हुन थालेकाले कोरोनाका बिरामीको उपचार गर्न समस्या भइरहेको बताएका छन्। मंगलबार निजी अस्पताल संघ सुदूरपश्चिम प्रदेश ९अफिन० ले प्रेस विज्ञप्ति जारी गर्दै बिरामीको चाप बढ्दै गइरहेकाले अक्सिजन अभाव हुँदा उपचारमा समस्या भएको जनाएको हो।

अफिन सुदूरपश्चिमका अध्यक्ष जनकराज जोशीले अक्सिजन आपूर्ति नभए अब कोभिडका बिरामी भर्ना गर्न नसकिने बताएको छन्। ‘अक्सिजन आपूर्ति पर्याप्त भएन भने आजैदेखि कोभिडका बिरामी भर्ना लिन नसकिने अवस्था आएको सबैमा जानकारी गराउँछौं’ उनीद्वारा प्रकाशित विज्ञप्तिमा भनिएको छ।

निजी अस्पतालहरूको उक्त संगठनले अक्सिजन सहज रूपमा उपलब्ध गराउने वातावरण मिलाइदिन सरकारलाई अनुरोध समेत गरेको छ। सरकारी अस्पतालहरूमा बिरामी भरिएपछि प्रदेश सरकारको सहकार्यमा यहाँका निजी अस्पतालहरूले संक्रमितको उपचारका लागि वार्ड सञ्चालन गरेका छन्।

कैलालीमा रहेका १० वटा निजी अस्पतालले आफूहरूसँग भएका शय्याको २० प्रतिशत कोरोनाका बिरामीका लागि छुट्याएर उपचार गर्दै आएको बताएका छन्। संघका प्रदेश अध्यक्ष जनकराज जोशीले अक्सिजन अभाव हुँदा बिरामीको उपचारमा समस्या देखिएको बताए।

‘नियमित अक्सिजनको आपूर्ति हुने भए २० प्रतिशत मात्रै होइन, सबै बेड दिन तयार छौं,’ उनले भने, ‘अहिले अस्पताल भर्ना भएर आउने अधिकांश बिरामीलाई अक्सिजन चाहिन्छ। अक्सिजन नै दिन नसक्ने भएपछि बिरामी भर्ना गर्न सक्ने अवस्था छैन।’

प्रतिकृया दिनुहोस्