Monday, June 14

बुवा हिडडुल गर्न सक्दैनन् अब छोराले कमाएर पाल्छ भन्ने आश गरेका बुवाआमालाई पर्यो यति ठूलो वज्रपात (भिडियो हेर्नुस्)

May 11, 2021 39

विवेक वम २० वर्षका थिए । उनको शव वैशाख २० गते सुनकोशी नदिमा फेला परेको छ । जवान छोरालाई गुमाएका वुवा पनि शारिरीक रुपमा अशक्त छन् । अब आफ्नो जिवन कसरी चलाउने भन्ने उनलाई समस्या छ । घटनामा संलग्न भएको अभियोमा दुई जनालाई पक्राउ गरेको छ । घरमा निकै राम्रो सम्बन्ध थियो । तर पनि छोराको कसरी घटना भयो भन्ने थाहा पाएका छैनन् ।

छोराको शव पनि उनी आफैले देख्न पाएनन् । आफुसंग सम्बन्ध नै नभएको ठाउँमा छोराको शव फेला परेपछि बुवालाई घटना रहस्यमय भएको बुवाको भनाई छ । छोराको घटनामा संलग्न भएको अभियोगमा पक्राउ परेका मध्य एक जना छिमेकीका छोरा हुन् भने अर्कालाई बुवाले नै चिन्दैनन् । छोरालाई बोलाउन आएका मध्य एक जनालाई प्रहरीले पक्राउ गरेको हो ।

वुवा ज्वरो आएर बसीरहेका थिए, छोराले वजारवाट भर्खर नागरिकता बनाएर घर फर्किका थिए । घरमा आराम गरेर बसेकै बेलामा उनलाई बोलाउन साथीहरु आएका थिए । साथीले बोलाए पछि आराम गरेर बसेका छोरा उठेर गएका थिए । साथीले बोलाएर जाँने बेलामा छोराले ५ हजार रुपैया मागेका थिए । तर आमाले आफुसंग छैन भनेर ३ हजार मात्र दिएकी थिइन् । साथीहरुले घुम्न पनि जाने काम पनि खोज्छौं भनेर साथीले भनेका थिए ।

साथीले फकाएर लिएर गएर मृ त फेला परेका हुनाले घटनामा केही रहस्य पक्कै भएको उनको भनाई छ । आमाले नजा भन्दा भन्दै घरवाट गएका छोराको मृत्यु भइसक्दा पनि घटनाबारे आफुहरुलाई जानकारी नदिएको आमाको भनाई छ ।

प्रतिकृया दिनुहोस्