Wednesday, June 16

प्रेम स्वीकार नगरेपछि भारतीय अभिनेत्रीले आफ्नै दाईलाई साइड लगाइदिइन्

May 11, 2021 21

प्रेम सम्बन्ध स्वीकार नगरेका कारण आफ्नै दाईलाई संसारवाटै विदा गरिदिएको अभियोगमा भारतीय (कन्नड) फिल्मकी अभिनेत्री शनाया काटवे पक्राउ परेकी छन् । उनको दाईको शव शहरको विभिन्न स्थानमा फेला परेको थियो । अनुसन्धानका क्रममा घटनामा बहिनीको पनि संलग्नता देखिएको भन्दै प्रहरीले पक्राउ गरेको हो ।

यस अघि प्रहरीले पक्राउ गरेकाहरुले दिएको वयानका आधारमा घटनामा अभिनेत्रीको संलग्नता देखिएको हो । प्रहरीले शवका टु क्रा शहरको विभिन्न भागवाट संकलन गरेको थियो । आफ्नो प्रेम सम्बन्ध दाईले स्वीकार नगरेका कारण घटना भएको प्रारम्भिक अनुसन्धानवाट देखिएको प्रहरीले जनाएको छ ।

प्रेमका बीचमा दाई त गा रो बन्न आएका कारण उनले दाईलाई नै हटाइदिने योजना बनाएको अनुसन्धानमा देखिएको छ । घटनामा उनका प्रेमीले पनि साथ दिएका छन् । प्रहरीका अनुसार राकेशको टा उ को देवरागुडीहलको जगंलमा फेला परेको थियो भने बाँकी भागहरु हुबली भन्ने स्थानको फरक–फरक ठाउँमा भेटिएको थियो ।

इन्डियन एक्सप्रेसमा प्रकाशीत समाचारअनुसार अनुसन्धान पछि प्रहरीले चारजनालाई पक्राउ गरेको हो । अन्य तीन जनाले दिएको वयानका आधारमा बहिनी पनि अनुसन्धानमा तानिएकी हुन् । पक्राउ पर्नेमा नियाज अहमद का टी गार, तौसीफ छन्नापुर, अल्ताफ मुल्ला र अमन गिरानीवाले रहेका छन्।

भारतीय मिडियाले गरेको दावी अनुसार शनाया र नियाज एकअर्कालाई माया गर्थे तर राकेशलाई उनीहरुको सम्बन्ध मन परेको थिएन ।९अप्रिलमा शनाया आफ्नो फिल्मको प्रचारप्रसारका लागि हुबली गएकी थिईन त्यसै दिन घटना भएको बताइएको छ ।

प्रतिकृया दिनुहोस्