Friday, January 21

ओलीले बिश्वास गरेर जिम्मा दिएका यी पुर्व माओबादी नेताले नै गरिदिए यस्तो चकित पार्ने निर्णय

March 8, 2021 301

सर्वोच्च अदालतको फैसलासँगै विकसित राजनीतिक अवस्थाले अहिले तरंग उत्पन्न गराएको छ । सबैभन्दा धेरै अप्ठेरो प्रचण्ड छोडेका माओवादी केन्द्रका नेता तथा ओली छोडेका नेकपा एमालेका नेतालाई परेको छ ।सर्वोच्चको फैसला पछि एमालेका नेता रहेका पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल समुहले एमालेमै रहेर ओलीको प्रवृत्ती विरुद्ध संघर्ष गर्ने निर्णय गरेको छ । यता नेकपा माओवादी केन्द्रमा परिणत भएका गृहमन्त्री रामबहादुर थापा बादलसहितका नेताहरू पुनःस्थापित नेकपा एमालेमा सामेल हुने भएका छन् । उनीहरुले प्रचण्डको साथ छोड्ने निर्णय गरेका छन् ।

अदालतको फैसला आएपछि प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, गौरीशंकर चौधरी, दावा तामाङलगायतका मन्त्री र नेताहरूसँग आइतबार साँझ बालुवाटारमा छलफल गरेका थिए । प्रधानमन्त्री ओली संगको छलफलमा उनीहरुले साथ नछोड्ने निर्णय सुनाएका हुन् । आफुहरु पदका लागि ओली समुहमा लागेको नभई कम्युनिष्ट सिद्धान्त र निष्ठाका लागि लागेको भन्दै यस्तो निर्णय सुनाएका हुन् । प्रधानमन्त्री ओलीले चाहे तत्काल मन्त्री पद छोड्न तयार रहेपछि ओलीको साथ भने नछोड्ने बताएका छन् ।

अर्थमन्त्री विष्णु पौडेल, मुख्य सल्लाहकार विष्णु रिमाललगायतका नेताहरूसमेत छलफलमा सहभागी थिए । प्रधानमन्त्रीले अदालतको फैसला यस्तो आएको भन्दै ‘अब तपाईंहरु के भन्नुहुन्छ ? म तपाईंहरूलाई जे अनुकूल हुन्छ त्यही वातावरण बनाइदिन्छु’ भनेका थिए ।स्रोतले भन्यो, ‘उहाँहरूसँग प्रधानमन्त्रीले खुलस्त कुरा राख्नुभयो । तर, सबैजनाले प्रधानमन्त्रीको साथ नछोड्ने भन्नुभयो । नेकपा माओवादी केन्द्रबाट साबिक नेकपामा केन्द्रीय सदस्य रहेका एक दर्जनभन्दा बढी नेताहरू केपी ओली पक्षमा छन् ।

प्रतिकृया दिनुहोस्