Sunday, September 19

काठमाडौं उपत्यकाका तीन जिल्लामा पुनः लम्बिने भयो लकडाउन, कति दिनको हुन्छ अबको लकडाउन ?

May 10, 2021 123

काठमाडौं उपत्यकामा थप दुई हप्ता निषेधाज्ञाको समय लम्बिने भएको छ। जिल्ला समन्वय समिति, स्थानीय निकाय, स्वास्थ्य संस्थाका प्रमुखलगायतको जिल्लास्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रले उपत्यकामा थप पन्ध्र दिन निषेधाज्ञा जारी गर्नुपर्ने निष्कर्ष निकालेको हो।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार काठमाडौंसहित उपत्यकाका तीनै जिल्लाका स्थानीय तह प्रमुखले निषेध आदेश थप नलम्ब्याए अवस्था झन भयावह हुने सुझाव दिएपछि यस्तो सिफारिस गरिएको हो।

निषेध आदेश जिल्ला प्रशासन कार्यालयहरुले स्वतस्फूर्त रुपमा थप्न सक्ने भए पनि सीसीएमसीलाई सिफारिस गरिएको हो। यो निष्कर्षको आधारमा काठमाडौं, भक्तपुर र ललितपुर तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू मंगलबार छलफलमा बस्नेछन्।

कोरोना महामारीको दोस्रो चरण न्यून नभएसम्म काठमाडौंमा हालकै आदेशको निरन्तरता हुनुपर्ने डिसिएमसीको निष्कर्ष रहेको पराजुलीले बताए। डिसिसिएमसीको बैठक आइतबार बसेको थियो।

हाल उपत्यकामा जारी निषेधाज्ञा यही वैशाख २९ गते राति १२ बजे सकिँदै छ। यसअघि उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारीको बैठकले एक हप्ताका लागि निषेध आदेशको निर्णय गरेकोमा गृहमन्त्रालयले १५ दिनका लागि निषेध आदेशको निर्णय गरेको थियो।यसपटक पनि प्रमुख जिल्ला अधिकारीले मन्त्रालयलाई नै म्याद थपको जिम्मा दिन लागेका हुन्।

प्रतिकृया दिनुहोस्