Friday, June 25

आज नायिका सुहाना थापाको जन्मदिन, कति बर्षमा लागिन् ? परिवारसँग अमेरिकामा यसरी मनाइन आफ्नो जन्मदिन

May 9, 2021 174

नायिका सुहाना थापाको आज जन्मदिन परेको छ । २०७६ सालको छेकोमा रिलिज भएको चलचित्र ‘ए मेरो हजुर ३’ बाट नेपाली रजपटमा भित्रिएकी नायिका सुहाना थापा आजबाट २३ वर्षमा लागेकी छिन् ।

२३औँ वर्षमा प्रवेश गरेकी सुहानालाई जन्मदिनको अवसरमा धेरै चलचित्र कर्मी तथा उनका शुभचिन्तकहरूले सामाजिक संजालमा शुभकामना दिइरहेका छन् । चलचित्र ‘ए मेरो हजुर ३’ बाट डेब्यु गरेकी नव-नायिका सुहाना पहिलो चलचित्रबाटै चर्चामा आइन् ।

पहिलो चलचित्रमा नै उनको अभिनयलाई दर्शकले रुचाएका थिए । उनी अब चलचित्र ‘ए मेरो हजुर ४’मा देखिदैछिन् । उनलाई अन्य चलचित्रको अफर आएपछि आमा तथा नायिका झरना थापाको निर्देशनमा बनेको चलचित्रमा अभिनय गर्ने चाहाना राखिन् ।

उनले चलचित्र ‘डिसेम्बर फल्स’को प्रस्ताव पनि अस्विकार गरेकी थिइन् ।भगवान कृष्णको भक्त समेत रहेकी सुहाना अध्ययनका क्रममा लामो समयदेखि अमेरिकामा रहँदै आएकी छिन् । तर, चलचित्रमा काम गर्न थालेपछि भने उनी धेरै समय नेपालमै बस्ने गर्छिन् । उनले आज आफ्नो जन्मदिन अमेरिकामा परिवार संग मनाइरहेकी छिन् ।

प्रतिकृया दिनुहोस्