Sunday, September 19

प्रधानमन्त्री ओली अप्ठेरोमा परेपछि गोकुल बाँस्कोटाले भने, माधव नेपाल एक दिन पछुताउँछन्

May 9, 2021 320

वैशाख २७ गते विश्वासको मत लिने घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओली अप्ठेरोमा परेका छन् । ओली इतरका सबै पार्टी र नेताहरुको गठबन्धन बनेपछि ओली अप्ठेरोमा परेका हुन् । नेकपा एमालेकै माधव कुमार नेपाल समुह पनि ओलीलाई जसरी पनि सरकारवाट हटाउने पक्षमा छन् ।

विपक्षी दलसंग मिलेर भएपनि ओलीलाई हराउने एक मात्र अभियानमा लागेको माधव पक्षलाई नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले माधव नेपाल पक्षप्रति कटाक्ष गरेका छन् ।

उनले पार्टी फुटाउन खोज्नेहरुलाई छेकबार लगाउन नहुने बताएका छन्। ‘देश, जनता र आफ्नो पार्टीका लागि नभएर नचाहिएको अत्तो थापेर अरुकै लागि कसैले हाराकिरी गर्छ,’ बास्कोटाले फेसबुकमा लेखेका छन्, ‘र, त्यसैलाई महान त्याग र ऐतिहासिक कदम मानिन्छ भने त्यस्तो महान कार्यमा छेकबारको प्रयास के काम ?’

कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का लागि पार्टी फुटाउन लागेको अरोप लगाउँदै पछुताउने समय आउने उनको भनाइ छ। ‘देउवा र पुष्पकमलका लागि पार्टी चोइट्याउन कृतशंकल्पित हुनेलाई पछुताउने समय आइहाल्छ नि ,’ उनले लेखेका छन् ।

प्रतिकृया दिनुहोस्