Friday, December 3

यसरी प्रधानमन्त्री ओलीले विश्वासको मत नपाउने पक्का

May 9, 2021 131

प्रधानमन्त्री ओलीले विश्वासको मत नपाउने लगभग पक्का भएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाले विश्वासको मत नदिने भएका छन् । उनको पक्षमा रहेका जसपाका नेताहरु पनि तटस्थ बस्ने भएपछि ओलीले विश्वासको मत नपाएने पक्का जस्तै भएको हो । नेकपा एमालेकै माधव नेपाल पक्षले पनि ओलीको सरकार गिराउन सांसदवाट राजिनामा दिने निर्णय गरेका छन् ।

ओली इतरका सबै दल एक ढिक्का भएपछि उनको विश्वासको मत पाउने सम्भावना लगभग सकिएको हो । प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि सोमबार विशेष अधिवेशन बोलाइएको छ । प्रधानमन्त्री ओलीको दल एमालेका १२१ सांसद छन् । विश्वासको मत पाउन १३६ मत चाहिन्छ ।

जनता समाजवादी पार्टी ९जसपा० नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर विश्वासको मत दिन नसक्ने स्पष्ट पारेको छ । वरिष्ठ नेता राजेन्द्र महतोसहित बालुवाटार पुगेका ठाकुरले जसपाका मागहरू पूरा भइनसकेकोले विश्वासको मत दिन नसक्ने बताएका हुन् । जसपाका डा बाबुराभ भट्टराई र उपेन्द्र यादवले यस अघि नै विश्वासको मत नदिने प्रस्ट पारिसकेका छन् ।

‘महतो र ठाकुरले वालुवाटार पुगेर हाम्रा मागहरू अझै पूरा भएका छैनन् । माग पूरा नभएको अवस्थामा हामीले तपाईलाई विश्वासको मत दिन सक्दैनौं’, भनेका छन् ।

६१ सांसद भएको प्रमुख विपक्षी नेपाली कांग्रेसले विपक्षमा मत दिने निर्णय गरेको छ भने ४९ सांसद भउको माओवादी केन्द्रले हालै मात्र समर्थन फिर्ता लिएकाले प्रधानमन्त्रीलाई मत दिने छैन । संसदको अंकगणितमा निर्णायक ३२ सांसद भएको जसपा थियो ।

जसपाको बाबुराम भट्टराई(उपेन्द्र यादव पक्षले यसअघि नै ओलीको पक्षमा उभिने बताएको छ । महन्थ ठाकुर(राजेन्द्र महतो पक्षले पनि मत नदिने बताएपछि प्रधानमन्त्री ओलीले विश्वासको मत नपाउने पक्का भएको छ ।

प्रतिकृया दिनुहोस्