Tuesday, October 26

चर्चित बलिउड अभिनेत्री कंगनालाई पनि कोरोना संक्रमण

May 8, 2021 87

बलिउड अभिनेत्री कंगना रनौतलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले आफुलाई कोरोना भएको कुरा सामाजिक संजाल मार्फत जानकारी गराएकी हुन् ।उनले कोरोनाको लक्षण देखिएपछि परीक्षण गराएकी उनको रिर्पोट पोजिटिभ आएपछि अहिले डाक्टरको सल्लाहअनुसार होम आइसोलेसनमा बसिरहेकी छन् ।

उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा लेखेकी छन्, “ मलाई केही दिनदेखि थकाई महसुस भइरहेको थियो । आँखा पोलिरहेको थियो । मैले हिमाञ्चल जानुभन्दा अगाडि कोरोना परीक्षण गराएको थिएँ । आज नतिजा आएको छ । म अहिले घरभित्र नै बसिरहेकी छु ।” बलिडका धेरै हस्तीहरुलार्इ पनि कोरोना संक्रमण भइसकेको छ ।

त्यस्तै बलिउड फिल्म अभिनेत्री कंगना रनौतले आफ्नो ट्वीटर अकाउन्ट सस्पेन्ड भएपछि कडा प्रतिक्रिया जताउँदै ट्वीटरले यस्तो गरेर उनकै कुरा पुष्टि गरेको बताएकी छिन् ।

कंगनाले एक बयान जारी गर्दै भनिन्, ‘ट्वीटरले मेरै पक्षलाई प्रमाणित गरिदिएको छ कि ऊ अमेरिकी हो र एक गोरा व्यक्तिले जन्मजात नै गहुँगोरा व्यक्तिलाई आफ्नो दास बनाउनुलाई आफ्नो अधिकार सम्झन्छ । उसले तपाईंलाई बताउन चाहन्छ कि तपाईंले के सोच्ने। बोल्ने र गर्ने ।’

उनी थप्छिन्, ‘ तर सौभाग्यले मसँग सिनेमासमेत थुप्रै प्लेटफर्म छन् जसको प्रयोग म आफ्नो आवाज उठाउनका लागि गर्न सक्छु । तर मेरो मन यो देशका ती मानिसहरुबारे दुःखी छ जसलाई यातना दिइएको छ, जसलाई दास बनाइएको छ र जसलाई हज्जारौं वर्षदेखि दबाएर राखिएको छ र अहिले पनि जसको दुःखको कुनै अन्त्य छैन ।’

प्रतिकृया दिनुहोस्