Sunday, September 19

त्यसपछि जबर्जस्ती हातमा समातेर जंगलतर्फ तान्दै लगेर….

May 7, 2021 167

मानसिक सन्तुलन गुमाएकी अन्दाजी २६ वर्षीया युवतीको क र णी पछि ह त्या गरेको आशंकामा प्रहरीले उदयपुरका एक युवकलाई पक्राउ गरेको छ । बैशाख ३ गते रौतामाई गाउँपालिका ७ स्थित नवज्योती सामुदायिक वनको हिले खोल्सीमा भेटिएको मानव कंकालको अनुसन्धानबाट क र णी पछि ह त्या भएको रहस्य खुलेको हो ।

प्रहरीले घटनामा संलग्न रहेको आशंकामा स्थानीय २४ वर्षीय राजु आछामेलाई शनिबार पक्राउ गरी आइतबार सार्वजानिक गरेको हो । तराइ मूलका जस्तो देखिने ती युवतीलाई आछामेले क र णी पछि ढुङगाले टा उ को मा हा ने र ह त्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका एसपी भीमबहादुर दाहालले बताए ।

गत चैत ११ गते आछामेले मानसिक सन्तुलन गु मा एकी ती युवतीलाई बेलुकी ६ वजे ज ब र्ज स्ती हातमा समातेर जंगलतर्फ तान्दै लगेर क र णी गरी ह त्या गरेको प्रारम्भिक वयानबाट खुलेको उनले बताए ।

पछिल्लो एक महिनायता ती युवती उक्त क्षेत्रमा मागेर हिँड्ने गरेको स्थानीय होमबहादुर बस्नेतले बताए । घाँस, दाउरा लिन जाने महिलाहरुले जंगलको खोल्सीमा चुरा, पोते सहितको मानव कंकाल देखेपछि प्रहरीलाई खवर गरेका थिए ।

कंकाल फेला परेलगत्तै प्रहरीले तत्काल अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानका क्रममा घटनाको दिन आछामेसँगै ती युवती रहेको खुलेपछि उनलाई पक्राउ गरी सोधपुछ गर्दा ह त्याको रहस्य खुलेको एसपी दाहालले बताए । प्रहरीले घटनास्थलबाट ह त्यामा प्रयोग गरिएको ढुङगा र आ रो पितले लगाएको टोपीसमेत बरामद गरेको जनाएको छ ।

प्रतिकृया दिनुहोस्