Wednesday, June 16

कोरोना महामारीमा ठ गी : २४ हजार पर्ने औषधीलाई १ लाख २० हजारमा बिक्री

May 7, 2021 39

कोरोना भाइरसको महामारीमा उपभोक्तालाई ठ गी गर्ने गरेको खुलेको छ । महंगो मुल्यमा संक्रमितले प्रयोग गर्ने औषधी विक्रि गरिएको पाइएको हो । कोरोनाभाइरस संक्रमितलाई दिइने औषधीमा नै ठगी हुने गरेको छ । सोही आरोपमा काठमाडौको सुन्धारावाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

ठ गी कार्यमा संलग्न एक जना अझै फरार रहेको प्रहरीले जनाएको छ । २४ हजार रुपैया पर्ने रेम्डेसिभिर औषधीलाई १ लाख २० हजार रुपैयामा बेच्दै गरेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको हो । प्रहरीले गोरखाका रफिक मियाँलाई खुला रुपमा औषधी बेच्दै गरेको अवस्थामा पक्राउ गरेको हो।

उनले टिचिङ अस्पतालको सेवक फर्माबाट औषधी लगेर खुला रूपमा बिक्री गर्ने गरेका थिए । प्रहरीले औषधी फर्माका संचालकलाई पनि खोजी गरेको छ । फर्माका सञ्चालक दीपक ढकाल फरार छन्।रेम्डेसिभिर कोरोनाको उपचार गर्ने सीमित अस्पताललाई मात्र दिइने गरिएको छ। उक्त फर्माले त्यो औषधी कसरी ल्यायो भन्ने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्