Friday, June 25

शिक्षकले किशोरी छात्रालाई फकाएर सुन्धाराको होटलमा लगेपछि….

May 6, 2021 132

शिक्षकलाई बाबुआमा पछिको सम्मानित दर्जा दिइन्छ । तर केही शिक्षक भने यस पेशालाई नै बदनाम बनाउन लागि परेका छन् । यस्तै एक शिक्षकले आफ्नै छात्रामाथि नराम्रो काम गरेको पाइएको छ । आफ्नै चौध वर्षीया किशोरी छात्रालाई होटलमा लगेर दुई दिनसम्म अनैतिक काम गरेको आरोपमा ती शिक्षक अहिले पक्राउ परेका छन् ।

प्रहरीले काठमाडौं महानगरपालिका पुतलीसडक बस्ने दोलखा भिमेश्वर नगरपालिका ९ घर भएका २९ वर्षीय शम्भु लामालाई मंगलबार बिहान पक्राउ गरेको हो । सुन्धारास्थित ढोरपाटन होटलमा ती बालिकालाई लामाले लगेर २ दिनसम्म राखी धेरै पटक त्यस्तो काम गरेको प्रहरीले जानकारी दिएको छ ।

उनले किशोरीको मन्जुरी बिनै ल्याएर, ब ल प्रयोग गरी त्यस्तो गरेको भन्ने उजुरी गरेको थियो । त्यसपछि महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । लामाले आफै विद्यार्थीलाई काठमाडौं ल्याएर होटलमा लगेर त्यस्तो गरेको स्वीकार गरेका छन् । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्