Wednesday, June 16

अझै उठेन दाङ घटनाका तीन बालबालिकाको शव, बालकका परिवारको यस्तो सर्त

May 6, 2021 59

दाङमा भारतीय नम्बर प्लेटको कारमा मृ त फेला परेका बालकहरुको शव आफन्तले जिम्मा लिएका छैनन् । उनीहरुले घटना रहस्यम भन्दै निष्पक्ष छानविनको माग राखेका छन् । भारतीय नम्बर प्लेटको गाडीमा तुलसीपुरकै तीन बालक मृ त फेला परेका थिए । बालकका परिवारले उनीहरुको घटनामा अरुको संलग्नता रहेको बताएका छन् । घटनामा संलग्नलाई पक्राउ गरी कारवाही नगर्दा सम्म शव नबुझ्ने अडान उनीहरुले लिएका छन् ।

परिवारका सदस्यलार्य तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले अनुसन्धानमा प्रहरीलाई सहयोग गर्न आग्रह गरेका छन् ।दाङको तुलसीपुरमा भएको तीन बालबालिकाको रहस्यमय मृत्यु प्रकरणका विषयमा ध्यानाकर्षण गराउन आएको दलित मुक्ति मोर्चा दाङको टोलीसँग कुरा गर्दै नगरप्रमुख पाण्डेले संलग्नलाई कारवाही हुनुपर्ने माग राख्ने बालकका परिवार ने पनि प्रहरीलाई अनुसन्धानमा सहयोग गर्नुपर्ने बताए ।

घटनालाई निष्पक्ष तवरले अनुसन्धान गर्न तुलसीपुर प्रहरीलाई निर्देशन दिएको बताउँदै नगर प्रमुख पाण्डेले भिसेरा रिपोर्टपछि घटनाको वास्तविकता खुल्ने बताए । त्यसैगरी उनले उपमहानगरपालिकाको तर्फबाट पीडित परिवारलाई प्रतिव्यक्ति २५ हजार रूपैयाँका दरले किरिया खर्च उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

सो अवसरमा मोर्चाका अध्यक्ष सुरज परियारले घटना आफै नभएको भन्दै संलग्नलाई कारवाही गर्नुपर्ने माग राखे । उनले संलग्न ब्यक्तिलाई पक्राउ गरी सार्वजनिक नगर्दा सम्म शव नउठाउने अडान लिएका छन् । सो अवसरमा बालकका हजुरबुबा कृष्ण गन्धर्वले पनि घटना रहस्यम भएको र ति बालक आफै त्यो कारमा नगएको बताउँछन् ।

तुलसीपुरको स्याउली बजारमा वैशाख १९ गते भारतीय नम्बरको कारमा तुलसीपुर उपमहानगरपालिका–६ बरुवागाउँनिवासी भीमबहादुर परियारका ९ वर्षका छोरा सन्दिप परियार, सोही ठाउँका सन्तोष परियारका ७ वर्षका छोरा सुवर्ण परियार र कृष्ण परियारका ६ बर्षका छोरा करण परियार मृत अवस्थामा भेटिएको थियो ।

प्रतिकृया दिनुहोस्