Saturday, June 19

विश्वासको मत माग्न देउवा निवास पुगेका ओलीलाई देउवाले दिए ठाडो जवाफ, निरास हुँदै फर्किए

May 5, 2021 66

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई विश्वासको मत दिन नेपाली कांग्रेससँग आग्रह गरेका छन् । देउवा निवास बूढानीलकण्ठ पुगेर प्रधानमन्त्री ओलीले सहकार्यको प्रस्ताव गरेका हुन् ।

बैठकपछि नेपाली कांग्रेसका सह-महामन्त्री डा.प्रकाशशरण महतले भेटमा राजनीति घटनाक्रम, कोरोना संकट र समसामयिक विषयमा छलफल भएको छ। महतका अनुसार प्रधानमन्त्रीसँगको भेटमा कांग्रेसले प्रष्ट रुपमा प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन नसक्ने बताएको छ। छलफलमा ओलीले सरकारलाई समर्थन गर्न आग्रह गर्दा यस्तो बताएको महतको भनाइ छ।

देउवा भेट्न बुढानिलकण्ठ पुगेका ओलीले बुढानिलकण्ठमा ठाडो जवाफ पाए– त्यो हो, ‘कांग्रेसले समर्थन दिँदैन, विपक्षमा मतदान गर्छ ।’ ओली बुढानिलकण्ठ पुग्‍नुमा मुख्यतः २ कारण रहेको जानकारहरु बताउँछन् ।

उनीहरुका अनुसार पहिलो कारण ओलीले आफुलाई समर्थन गर्न काँग्रेसलाई आग्रह गर्ने र यदि त्यसमा काँग्रेस सहमत नभए प्रचण्ड माधवलाई जसरी पनि असफल पार्न उनीहरुसँगको गठबन्धन तोडेर बरु आफै देउवालाई प्रधानमन्त्री बनाउन सहयोग गर्ने ।

कांग्रेस पदाधिकारी बैठकले २७ वैशाखको प्रतिनिधिसभा विशेष अधिवेशनमा विश्वासको मत लिन आउँदा प्रधानमन्त्रीलाई फेल गराउने निर्णय गरेको भोलिपल्ट एमाले अध्यक्ष समेत रहेका ओली, उपप्रधानमन्त्री एवं एमाले महासचिव ईश्वर पोखरेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा बादल र अर्थमन्त्री विष्णु पौडेललाई लिएर देउवा निवास बुढानीलकण्ठ पुगेका थिए ।

छलफलमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्का, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र सहमहामन्त्री प्रकाशशरण महत थिए।

प्रतिकृया दिनुहोस्