Tuesday, September 21

हात्तिवनमा नयाँ योजना बनेको थाहा पाएपछि ओली हतारिदै यस्तो प्रस्ताव लिएर देउवा फकाउन बुढानिलकण्ठ पुगे

May 5, 2021 80

प्रधानमन्त्री केपी शर्मा ओलीले विस्वासको मत लिने घोषणा गरेसंगै राजनीतिक दलका नेताहरु छलफलमा जुटेका छन् । ओली इतकार नेताहरु उनलाई कसरी पाखा लगाउने भन्ने योजनामा छन् । यसै अनुरुप हात्तीवन स्थित जसपाका नेता उपेन्द्र यादवको निवासमा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल सहितको गोप्य बैठक भएको छ ।

बैठकले ओलीलाई पाखा लगाउने रणनीति बनेको छ । यस्तो सूचना पाएका प्रधानमन्त्री ओली दलबलसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका छन्।यस अघि देउवा सहित प्रचण्ड र माधव नेपालको पनि बैठक बसिसकेको छ । कांग्रेसले आफ्ना सांसदहरुलाई अविश्वासको प्रस्तावमा समर्थन गर्न निर्देशन दिइसकेको छ ।

कांग्रेसले औपचारीक निर्णय नै गरेर ओली विरुद्ध अविश्वासको प्रस्ताव पेश गर्ने भएपछि देउवालाई फकाउन ओली आफै बुढानिलकण्ठ पुगेका हुन् ।ओलीको साथमा ईश्वर पोखरेल, रामबहादुर थापा र सुवास नेम्वाङ छन्। कांग्रेसले ओली विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेको छ। ओलीले वैशाख २७ गते विश्वासको मत लिने घोषणा गरेपछि उनको योजनालाई असफल बनाउने तयारीमा छ।

मंगलवबार मात्र देउवाले माआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र एमालेकै माधव नेपालसँग छलफल गरेका थिए।यतिमात्र होइन ओलीविरुद्ध चार दलले आगामी राष्ट्रियभाको निर्वाचनमा समेत मोर्चाबन्दी गरिसकेका छन्। यही तयारी बुझेका ओलीले अन्तिम प्रयासस्वरुप देउवालाई भेटका हुन्।

प्रतिकृया दिनुहोस्