Monday, June 14

ओलीलाई प्रधानमन्त्रीवाट हटाउन हात्तिवनमा यी नेताबीच बन्यो यस्तो गोप्य योजना

May 5, 2021 140

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने घोषणा गरेपछि जसरी पनि ओलीलाई हराउनु पर्छ भन्ने रणनीतिमा लागेका माओवादी केन्द्र, नेकपा एमालेका माधव नेपाल समुह र जसपा गहन छलफलमा जुटेका छन् । बुधवार जसपा नेता उपेन्द्र यादवको घरमा पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता माधव कुमार नेपाल पुगेका छन् । उनीहरु विहानै देखि छलफलमा जुटेका हुन् ।

विश्वासको मतमा ओलीलाई असफल गराउने र वैकल्पिक सरकार बनाउने रणनीतिका साथ सघन छलफलमा जुटेका उनीहरुले केही योजना बनाएका छन् । बुधवार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,एमाले बरिष्ठ नेता माधव नेपाल र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको हो ।

यादवलाई भेट्न प्रचण्ड र नेपाल हात्तीवन पुगेका थिए । जसरी पनि प्रधानमन्त्री ओलीलाई सरकारवाट हटाउने तयारीका साथ नेताहरु छलफलमा जुटेका हुन् । प्रधानमन्त्री ओलीले चाल्नसक्ने सम्भावित कदम र विपक्षी गठवन्धनले अपनाउनुपर्ने रणनीतिका बारेमा उनीहरुले गहन कुराकानी गरेका छन् ।

अस्ति सोमबार पनि विपक्षी नेताहरुले छलफल गरेका थिए । महाराजगन्जस्थित प्रमोद राणाको घरमा भएको गोप्य भेटघाटमा काँग्रेस सभापति शेरबहादुर देउवा, प्रचण्ड, नेपाल र यादव सहभागी भएका थिए । काँग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत नदिन सबै दललाई आव्हान गर्ने निर्णय गरिसकेको छ । हिजो बसेको पदाधिकारी बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत लिनबाट असफल गराउने निर्णय गरेको हो ।

प्रतिकृया दिनुहोस्