Wednesday, June 16

उपत्यका छोडेर घर जाँदै हुनुहुन्छ ? यस्यो छ नयाँ नियम !

May 5, 2021 74

उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको बैठकले जारी निषेधाज्ञालाई थप कडाई गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि गत बैशाख १६ गतेदेखि जारी निषेधाज्ञालाई बैशाख २९ गतेसम्मका लागि लम्बाइएको छ ।थप गरिएको निषेधाज्ञालाई कडाई गर्न यसअघि जिल्ला प्रशासन कार्यालयबाट जारी गरिएको सवारी पास खारेज गरिएको छ भने सरकारी अत्यावश्यक सेवामा रहेका सरकारी कर्मचारीलाई विभागीय प्रमुखले दिएको पत्र बोक्नुपर्ने भएको छ ।

यस्तै बैंक तथा वित्तिय क्षेत्रका कार्यालयले २० प्रतिशत कर्मचारी राखेर मात्र सेवा दिन निर्देशन दिइएको छ ।त्यस्तै उपत्यका छाडेर घर फर्कन चाहनेलाई भने मौका दिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको मंगलबार बसेको संयुक्त बैठकले उपत्यका छाड्न चाहनेले स्थानीय तहबाट अनिवार्य १० दिन क्वारेन्टाइन राख्ने प्रतिबद्धतासहितको सिफारिस पत्र ल्याएमा घर फर्कन दिने निर्णय गरेको हो ।

सिफारिसका आधारमा उपत्यकाबाट घर फर्कन चाहनेलाई गन्तव्यसम्म जान सहजीकरण गर्न दिइने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिनुभएकाे छ ।

प्रतिकृया दिनुहोस्