Saturday, June 19

८ बर्षिया बालिकाको साथीहरुसंग खेल्दाखेल्दै मृ त्यु भएपछि….

May 5, 2021 33

हुम्लाको सिमकोट गाउँपालिका–२ ठेहेगाउँ निवासी एक बालिकाको श’ङ्का’स्पद निधन भएको छ । मङ्गलबार दिउँसो आफ्नै घरको गोठमा खेलिरहेकी आठ वर्षीया सञ्जिबा बोहराको मृत्यु भएको हो । आप्ना साथीसँग खेलिरहेकी बालिका बोहरालाई एकछिनपछि मृ’तावस्थामा भेटिएको बताइएको छ ।बालिकालाई बाँ’ धेको अ’वस्थामा बालिका बोहरा भेटिएकी थिइन् ।

स्थानीय पञ्चमुखी आधारभूत विद्यालयमा कक्षा २ मा अध्ययन गर्ने बोहराको मृत्यु श’ङ्का’स्पद भएको बताइएको छ । केही स्थानीयवासीले देहत्याग भनेर बाहिर प्रचार गरे पनि बालिकाले कसरी देहत्याग गरिन् भन्दै प्रहरीले अचम्म मान्दै अनुसन्धान गर्न सुरु गरेको छ । घटनाको खबर पाउनेबित्तिकै दोजम प्रहरी चौकीबाट घटनास्थलमा पुगेको प्रहरी टोलीले बालिकाको निधन र’हस्य’मय भएपछि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माको टोली घटनास्थलमा पुगेको छ ।

मृतक बालिकाको श’वलाई सदरमुकाम सिमकोटमा रहेको जिल्ला अस्पतालमा ल्याएर श’व परीक्षण गरिने भएको छ ।त्यस्तै सूर्यविनायकमा एउटै कोठामा अचेत रहेका तीनमध्ये एकको मृत्यु भएको र दुईको अवस्था गम्भीर छ । काभ्रेपलाञ्चोक तिमाल गाउँपालिका–३ गुडुवाल घर भई हाल सूर्यविनायक–१० मिलनचोक डेरा गरी बस्ने २२ वर्षीया सुनिता तामाङको मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।

एउटै कोठामा अचेतावस्थामा भेटिएकामध्ये मृतककी आमा ४० वर्षीया शान्तिमाया ब्लोन र बहिनी १८ वर्षीया अनिताको भने मध्यपुर अस्पतालमा उपचार भइरहेको बताइएको छ ।प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा अनिता सुत्केरी भएको र कोठाका झ्याल, ढोका सबै लगाएर उनलाई सेकताप गर्न मकलमा बालिएको कोइलाका धुवाँका कारण राति अक्सिजन अभावमा अचेत भएको हुन सक्छन् ।

प्रतिकृया दिनुहोस्