Wednesday, June 16

अस्पताल भर्ना भएको १० दिन पछि पूर्वराजा रानीको स्वास्थ्यबारे आयो यस्तो जानकारी

May 3, 2021 99

कोरोना संक्रमित पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह अहिले पनि नर्भिक अस्पतालमा भर्ना छन् । कोरोना संक्रमित भएपछि शनिवार अस्पताल भर्ना गरिएका उनीहरुको १० दिन सम्म उपचार गर्दा अवस्थामा सुधार आएको अस्पतालले जनाएको छ ।

अस्पतालका कर्पोरेट कम्युनिकेसन एण्ड पीआर डिपार्टमेन्टका सिनियर म्यानेजर सोमनाथ बास्तोलाले पूर्वराजा रानीको स्वास्थ्य अवस्था बारे जानकारी दिँदै हिजोभन्दा आज दुवैजनाको अवस्थामा निकै सुधार भएको बताए ।

“पूर्वरानी आईसीयूमै हुनुहुन्छ,” उनले भने, “अवस्था निकै सुधार भएको छ । पूर्वराजा पनि अक्सिजनकै सपोर्टमा हुनुहुन्छ । अवस्था भने सामान्य हुँदैछ ।”

पूर्वरानी कोमललाई आईसीयूमा बढी अक्सिजन दिएर राखिएको भए पनि अहिले कम गर्दै लगिएको अस्पतालले जनाएको छ । पूर्वराजा रानी संगै पूर्व अधिराजकुमारी प्रेरणाको पनि नर्भिकमै उपचार जारी छ । उनको स्वास्थ्यमा भने उल्यख्य सुधार भएको अस्पतालले जनाएको छ । पूर्वराजाको अस्पतालको चौथो तलामा उपचार जारी छ भने पूर्व रानीलाई भने आइसियुमै राखिएको अस्पताले जनाएको छ ।

प्रतिकृया दिनुहोस्