Wednesday, June 16

१ महिनादेखि बेपत्ता घरबेटीको छोरी फर्किईन, श्रीमानले राम्रै लाउन खान दिएका थिए भन्दै आफैलाई लाज लागेर फर्किएर आए भन्छिन् श्रीमती, श्रीमानले पनि दिए यस्तो जवाफ हेर्नुस्)

May 3, 2021 110

सिन्धुलीका हरी बरालको श्रीमती भागेर धरान पुगेको अवस्थामा फेला परेकी छन् । उनी अर्कै युवकसंग गएको बताएकी छन् । सुरुमा अर्को केटासंग भागेको भएपनि आफुले गल्ती स्वीकार गरेर फर्केर आएको भएपनि श्रीमानको स्वभाव परिवर्तन नभएका कारण फेरी छोडेर हिडेको बताएकी छन् । श्रीमानले त्यो श्रीमतीलाई अब राख्दिन भनेर सबैलाई भनेका कारण आफु भागेर हिडेको बताएकी छन ।

आफुले पैसा भने नलगेको बताएकी छन् । अहिले भने कुनै युवकसंग नहिडेको भएपनि श्रीमानसंग भने नबस्ने बताएकी छन् । हरि बराल केही वर्ष अघि वैदेशिक रोजगारीका लागि कतार गएका थिए । काठमाडौमा पसल गरेका थिए ।

उनले श्रीमतीलाई पसलको जिम्मा दिएका थिए । तर फर्किएको केही दिन पछि भने श्रीमती हिडेको बताएका थिए । उनले घरमा हुँदा पनि श्रीमानले निकै नराम्रो ब्यवहार गर्ने र सुत्केरी भएको बेलामा पनि हेला गरेको बताइन् ।

विदेशवाट फर्किए पछि पनि उनले श्रीमती र छोरीको बारेमा सोध्नुभन्दापहिले पैसाको विल खोजेको बताइन् । नाक कानमा गहना पनि बनाइदिएका थिए त्यो कुरा ठिक हो तर मलाई एउटा हातवाट दिन तर कोखावाट निस्कने गरी बोली ब्यवहार गर्ने गरेका कारण उनीसंग बस्न नसक्ने बताएकी छन् । उनीहरुको विवाह दर्ता भने नभएको बताएकी छन् । उनीहरुको एउटा छोरा र एउटी छोरी रहेको पनि बताएका छन् ।

उनको श्रीमतीको नाम अनु वराल हो । उनले छोरा बुवाले राख्न चाहे लैजाउन् तर छोरी भने आफै राख्ने बताएकी छन् । अहिले उनको छोरा १३ वर्षको छ भने छोरी ३ महिनाकी छन् । अहिले छोरी लिएर श्रीमती हिँडेपछि श्रीमान खोजीको लागि मिडिया सामु आएका थिए ।

त्यस पछि अनु पनि सम्पर्कमा आएकी हुन् । उनले आफ्नो वदनाम भइसकेका कारण हरिसंग बस्न नसक्ने बताइन् । उनले पहिला त त्यस्तो ब्यवहार गर्ने श्रीमानले अब झन बाँच्नै नसक्ने अवस्था गराउने भएकाले संगै बस्न नसक्ने बताइन् ।

प्रतिकृया दिनुहोस्