Monday, June 14

अहिले सामाजिक संजालमा भाइरल भएको तस्विर यस्तो अवस्थामा खिचिएको रहेछ ! नर्स आफैले खुलाए त्यो क्षण

May 3, 2021 75

कोरोना उपचार केन्द्र बनेको भेरी अस्पताल, नेपालगन्जकी स्टाफ नर्स प्रीति खड्कालाई शुक्रबार पीपीई लगाएर काम गर्ने जाँगरै थिएन । महिनावारी भएकाले सेनेटरी प्याड लगाउनुपर्ने बाध्यता थियो । त्यसमाथि पीपीई थपिँदा शरीर बाफिएर उकुसमुकुस हुन्छ । तर पीपीई नलगाए महामारीको सिकार हुने डर छ ।

पीपीई लाउनै पर्‍यो । यहाँ दिनहुँ संक्रमित थपिँदै छन् । सबैले सहज उपचार नपाउने समस्या छ । त्यसैले उनी नयाँ वर्षदेखि बिदा नबसी खटिएकी छन् । प्रीति शनिबार रात्रि ड्युटीमा खटिइन् । उनीसँगै स्टाफ नर्स कमला नेपाली, सुनीता साहकारी, निशा पुन, यमकुमारी थापा कोरोना संक्रमितको पलपलको अवस्था बुझ्दै हेरचाहमा खटिएका थिए ।

उनीहरूका अनुसार एक जनाले ३०र४० जना बिरामीलाई औषधि खुवाउनुपर्छ । दबाइ खुवाएर मात्रै कहाँ सुख पाउनु १ बिरामीको छ’टप’टीले मन पोल्छ । पीपीईभित्रको गर्मी त छँदै छ । वार्डबाट बाहिर निस्किएपछि उनीहरूले ठूलो यु’द्ध जितेजस्तो महसुस गर्छन् । त्यो अनुभूति क्षणिक हुन्छ । उनीहरूलाई शनिबार अन्य दिनभन्दा धपेडी भयो । नयाँ सिफ्टका साथीहरू आउन ढिला गरेपछि पीपीई खोलेर बस्न सक्ने अवस्था रहेन ।

औषधि खुवाएर वार्ड बाहिर अस्पतालको छेउमा राखिएको सोफामा तीन जना नर्स लस्करै थकान मेट्दै थिए । त्यही बेला खिचेको तस्बिर शनिबार र आइतबार सामाजिक सञ्जालमा भाइरल बन्यो । तस्बिर कसले खिच्यो रु नर्स यमकुमारीलाई अलिअलि याद छ ।

प्रतिकृया दिनुहोस्