Monday, June 14

दाङमा तीन बालक मृत्युको घटनामा प्रहरीको देखियो यति ठुलो लापरवाही, बालकको आमाले रुँदै सुनाइन् घटनाको बिस्तान्न्त (भिडियो हेर्नुस्)

May 2, 2021 194

दाङमा शनिवार एउटा भारतीय नम्बर प्लेटको कारमा तीन बालक मृत्यु भएको घटनामा प्रहरीको लापरवाही भएको बालकका आफन्तले आरोप लगाएका छन् । बालकको आमा सुनिता परियारले आफुहरु छोरा हराए भन्दै प्रहरी कार्यालयमा उजुरी दिन जाँदा महिला प्रहरीले यस्तो कोरोनाको समयमा यस्तो सानो घटना हामी हेर्दैनौं भनेर वेवास्ता गरेको बताइन् । उनले ३ बालक हराएको घटना कसरी सानो भयो भनेर आफुले अलि ठूलो श्वरमा बोलेपछि अर्को पुरुष प्रहरीले हामी हेर्छौ भनेर निवेदन छोडेर जानु भनेको बताइन् ।

हाम्रा छोरा हराएको निवेदन दिएको २४ घण्टा पछि पनि प्रहरीले कुनै जानकारी नदिएपछि आफुहरु जाँदा प्रहरीले बल्ल बालकको नाम सोधेको बताइन् । अघिल्लो दिन दिएको निवेदन अहिले सम्म किन हेर्नुभएन ? भनेर आफुले प्रहरीलाई प्रश्न गरेको सुनिताको भनाई छ । दुई छोराकी आमा रहेकी उनले एउा छोरा गुमाएकी छन् । आफ्ना दुई नाती गुमाएका हजुरवुवा पनि घटनास्थल पुगेका थिए । आफ्ना दुई सन्देश परियार र सुवर्ण परियारको मृत्यु भएको भन्दै घटनास्थल पुगेका उनी निकै भावुक भए । कृण्णबहादुर गन्दर्भले आफुले दुई नाती गुमाएको बताए ।

उनीहरुले घटना रहस्यमय भएको भन्दै सत्य पत्ता लगाउन आग्रह गरेका छन् । बालकहरु आफै कारमा नगएको र कसैले घटना गराएको हुनसक्ने परिवारका सदस्यले बताएका छन् । प्रहरीका अनुसार मृ त भेटिनेमा तुलसीपुर–६, गाइडरका भीमबहादुर परियारका १० वर्षीय छोरा सन्देश परियार, सन्तोष परियारका सात वर्षीय छोरा सुवर्ण परियार र किरण परियारका सात वर्षीय छोरा करण परियार छन् । सुवर्ण र किरण दुई दाजुभाइका छोरा हुन् ।

प्रतिकृया दिनुहोस्