Tuesday, June 15

झलनाथ खनाललाई कोरोना संक्रमण संगै थपियो अर्को गम्भीर रोग

May 1, 2021 121

नेकपा (एमाले) का नेता झलनाथ खनाललाई कोभिड पोजिटिभ भएर निमोनिया देखिएपछि शनिबार साँझदेखि नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको छ ।

पखाला लागेपछि मनमोहन अस्पताल भर्ना भएका खनाललाई कोरोना पुष्टि भएको हो । मनमोहनबाट अहिले नर्भिक अस्पताल ल्याइएको उनी निकट स्रोतले जनायो ।

अस्पताल स्रोतका अनुसार खनालको स्याचुरेसन प्रतिमिनेट पाँच लिटर अक्सिजन दिँदा सामान्य अवस्थामा रहेको छ । खनाललाई पूर्वराजा ज्ञानेन्द्र शाहसँगै भीभीआईपी वार्ड भर्ना गरेर राखिएको अस्पताल स्रोतले जनाएको छ ।

स्वकीय सचिव कृष्ण भट्टराईले पनि नेता खनाललाई कोरोना संक्रमण भएको पुष्टि गरे ।

यसअघि उनी स्वास्थ्य उपचारको लागि दिल्ली गएका थिए। केहि समय अघि भिभिन्न अनलाइनमा नेता खनालको मिर्गौलामा समस्या देखिएको समाचार आएको थियो । खनाल निकट एक नेताका अनुसार चिकित्सकहरुले उनलाई तीन महिनाभित्र मिर्गौला प्रत्यारोपण गर्न वा डायलाइसिस गर्न सुझाव दिएका थिए । तीन महिनाभित्र यी काम नगरे स्वास्थ्य अवस्थाबारे केही भन्न नसकिने समेत चिकित्सकहरुले बताएका छन् ।

नेता खनाल गत माघमा उपचारका लागि नयाँ दिल्ली पुगेका थिए । उनी स्वास्थ्यमा समस्या आएर परिक्षणका लागि दिल्ली पुगेपनि उनको भारत भ्रमणलाई राजनैतिक रंग दिइएको थियो । नयाँ दिल्लीको अपोलो अस्पतालमा स्वास्थ्य परिक्षण गर्दा उनको मिर्गौला फेल भएको देखिएको थियो । पार्टीका शिर्ष नेताहरुलाई यस विषयमा खनालले जानकारी गराएका छन् ।

प्रतिकृया दिनुहोस्