Friday, December 3

निषेधाज्ञा उल्लंघनको आरोपमा तीन जनालाई एक महिना जेल

April 30, 2021 217

निषेधाज्ञा उल्लंघन गरेको आरोपमा प्रहरीले रुपन्देहीमा तीन जनालाई एक महिनाका लागि कारागार चलान गरेको छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट जारी भएको निषेधाज्ञाको अवज्ञा र प्रहरीसँग विवाद गरेको भन्दै प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएकोमा प्रतिव्यक्ति नौ हजार एक सय रुपैयाँ जरिवाना तिर्न नसकेका तीनजना कारागार चलान भएका हुन् ।

कोरोना रोकथामका लागि त्यहाँ जिल्ला प्रशासनबाट जारी निषेधाज्ञा अटेर गरेको र उल्टै प्रहरीसँग निहुँ खोजेको आरोपमा ३ जनालाई संक्रामक रोग ऐन २०२०, दफा ३ उपदफा (२) बमोजिम एक महिनाका लागि जेल पठाइएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार निषेधाज्ञा उल्लंघन गर्ने ८ जनालाई नियन्त्रणमा लिइएको थियो र सबैलाई जनही ९ हजार १ सय रुपैयाँ जरिवाना तिर्न भनिएको थियो। तर तीमध्ये ३ जनाले जरिवाना तिर्न नसकेपछि उनीहरूलाई एक महिनाका लागि कारागार पठाइएको हो।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बिहीबार निषेधाज्ञा उल्लंघन गर्ने ८ जनालाई कैद सजाय गरेको थियो। तीमध्ये ५ जनाले जरिवाना बुझाएर छुटेका थिए।

बाँकी ३ जनाले जरिवाना बुझाउन नसको कारागार चलान भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। उनीहरूमध्ये ७ जना पुरुषलाई एक महिना कैद वा जनही ९ हजार १ सय जरिवाना तोकिएको थियो।

त्यस्तै एक महिलालाई भने ६ सय जरिवाना तोकिएको थियो। ४ जना पुरुष र १ महिला गरी ५ जनाले कैद र जरिवाना वापतको रकम दाखिला गरेका कारण छोडिएको र अन्य ३ जनाले सो बराबरको जरिवाना रकम तिर्न नसकी कारागार चलान भएको हो।

प्रहरीका अनुसार जिल्लाका सिद्धार्थनगर नगरपालिका–८ का २८ वर्षीय श्याम दुबे, मायादेवी गाउँपालिका–४ का २७ वर्षीय दिनेश यादव सोही गाउँपालिकाकै वडा नम्बर २ का ३४ वर्षीय महेन्द्र कोहारलाई कारागार पठाइएको हो।

प्रतिकृया दिनुहोस्