Wednesday, June 16

कोरोना भाइरसका कारण सर्वाधिक ३५ जनाको आज मृत्यु, यो संख्या अहिले सम्मकै धेरै ! सबैभन्दा बढी २० देखि ३९ वर्षका

April 29, 2021 57

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा बिहीवार कोभिडसम्बन्धी कारणले सर्वाधिक दैनिक मृत्यु भएको पुष्टि गरेको छ।विगत २४ घण्टामा ३५ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ। नेपालमा कोरोनाभाइरसको सङ्क्रमण सुरु भएयता गत वर्षको कार्तिक १९ गते ३० जनाको निधन भएको थियो।

योसँगै नेपालमा कोरोनाभाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ३,२४६ पुगेको छ। बिहीवार थप ४,८३१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

सो सङ्क्रमण १२,५९७ जनाको पीसीआर र ९६३ जनाको एन्टिजन परीक्षण गर्दा पुष्टि भएको हो। विगत २४ घण्टामा ८८८ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयको तथ्याङ्क छ।

अहिले देशभर ३४ हजार ११७ सक्रिय सङ्क्रमित छन् । हालसम्म नेपालमा २४ लाख ५८ हजार ५६५ को पीसीआर परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा एक हजार ५६१ सङ्क्रमति थपिएका छन् ।

यसमध्ये काठमाडौँ जिल्लामा एक हजार १२७, ललितपुरमा २५२ र भक्तपुरमा १८२ सङ्क्रमित थपिएका हुन् । उपत्यका बाहिर ५२८ र बाँकेमा ४८९ सङ्क्रमित थपिएका छन् । त्यस्तै, कैलालीमा ३३९, मोरङमा १३७, पर्सामा १५० र दाङमा १८१ सङ्क्रमित थपिएका छन् ।

सबैभन्दा बढी २० देखि ३९ वर्षका

बिहीवार पुष्टि भएका सङ्क्रमितमध्ये काठमाडौंका १,१२७ जना, ललितपुरका २५१ जना र भक्तपुरका १८२ जना छन्। रुपन्देहीमा ५२८, बाँकेमा ४८९ र कैलालीमा ३४९ जना सङ्क्रमित थपिएका हुन्।

थपिएका सङ्क्रमितमध्ये ९७ जना भारतबाट नेपाल प्रवेश गर्ने क्रममा नाकामा गरिएको परीक्षणमा भेटिएका हुन्। मङ्गलवार पुष्टि भएका सङ्क्रमितमध्ये ८९ जना नौ वर्षसम्मका, २९५ जना १० देखि १९ वर्षका र २,५२७ जना २० देखि ३९ वर्षका रहेको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

प्रतिकृया दिनुहोस्