Wednesday, June 16

पूर्व इटहरीवाट पोखरा आएर होटलमा बसेका एक जोडी नर्सरीमा एउटै पा सोमा भेटीए (भिडियो हेर्नुस्)

April 28, 2021 124

पोखरा लेकसाइडको होटलमा तीन दिन देखि बस्दै आएका पूर्वका एक जोडीले संसार छोडेका छन् । होटलमा उनीहरुले आफुहरु परिवार भनेर लेखाएका थिए । होटलमा बसेका उनीहरु केही बेर घुम्न भन्दै निस्केको होटल संचालकले बताएका छन् । लेकसाइडमा केही बेर हामी घुमेर आउँछौं भनेर निस्केका उनीहरु विहान रुम नम्बर १०६ मा बस्ने गेष्टहरु मृ त फेला परेका छन् भनेर फोन आएपछि आफु गएर हेर्दा घटना देखेको बताएका छन् ।

९ वजेर २० मिनेटमा उनीहरु वाहिर निस्केका थिए । बसेको बेलामा उनीहरु होटलमै खान खाने गरेका थिए । उनीहरुले चिप्लेढुंगामा अर्को एक जना साथी रहेको र उनको विवाहका लागि आफुहरु आएको बताएका थिए । एक दिन साथीको विवाहमा भोज खाएर आयौं भनेर पनि होटल संचालकलाई भनेका थिए । होटलको सीसीटीभीमा हेर्दा उनीहरु खुसी नै देखिन्छन् । अनुहारमा त्यस्तो केही चिन्ता पनि देखिएको छैन ।

राती १ वजे सम्म कुरेर बसेको भएपनि घुम्न आएका उनीहरु क्लव तिर गए होलान् भनेर आफुहरु आराम गर्न गएको बताए । साथीको विवाहका लागि आएको भनेकाले उतै पनि गएको हुनसक्ने भनेर पनि आफुले खोजी नगरेको बताएका छन् । इटहरीका नगरपालिका पथ्रुके बस्ने शिलेश्वर भट्टराई र दीपा खनाल केही दिन देखि हराएकाले परिवारले खोजी गरीरहेका थिए ।

शिलेश्वरको श्रीमतीले उनीसंगै मृ त भेटीएकी दीपा खनालको भने विवाह नभएको बताएकी छन् । शिलेश्वरको श्रीमती उनीहरु केही दिन देखि हराएका कारण उनले वहुविवाहको उजुरी समेत दिएकी थिइन् । शिलेश्वरको श्रीमतीले ति युवती आफ्नो नाता सम्बन्धकै भएको बताएकी छन् ।

प्रतिकृया दिनुहोस्