Tuesday, June 15

स्वास्थ्यमा थप समस्या देखिएपछि प्रचण्ड पत्नी सीता अस्पताल भर्ना

April 28, 2021 285

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको स्वास्थ्यमा थप समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएको छ ।

प्रोग्रेसिभ सुप्रान्यूक्लियर पाल्सी रोगबाट पीडित उनलाई स्वास्थ्यमा थप समस्या देखिएपछि सोमबार साँझ ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको प्रचण्डको सचिवालयले जनाएको छ ।

शरीरमा सोडियमको मात्रा कम देखिएपछि मंगलबार साँझ दाहाललाई ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो । उनको स्वास्थ्य अवस्था स्थिर नै रहेको परिवार स्रोतले जनाएको छ ।

पूरानै रोगका कारण उनलाई अस्पताल भर्ना गरिएको सचिवालयले जनाएको छ । सीता लामो समयदेखि बिरामी छन् । उनको उपचार स्वदेश तथा विदेशमा निरन्तर भइरहेको भए पनि सुधार हुन सकेको छैन । बुधबार स्वास्थ्यमा थप समस्या देखिएपछि सीतालाई मेडिसिटी अस्पताल भर्ना गरिएको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

छोरा प्रकाश दाहालको निधनपछि भने उनी हिडडुल गर्नसमेत नसक्ने अवस्थामा छन् । हिड्नका लागि उनलाई सहयोग अनिवार्य भएको छ ।

प्रतिकृया दिनुहोस्