Tuesday, September 21

काठमाडौंमा ‘लकडाउन’: के-के खुल्छन्, के-के खुल्दैनन् ? प्रसासनले सर्वसाधारणका लागि जारि गरेको सूचना यस्तो छ (सूचना सहित)

April 26, 2021 166

उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले बिहीबार बिहानबाट लागु हुने गरी निषेधाज्ञा जारी गरेका छन्। सोमबार साँझ सकिएको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकपछि उपत्यकामा थप कडाइ गर्ने आदेश जारी भएको हो।

यो आदेश वैसाख २२ गते राति १२ बजेसम्म लागु हुने जनाइएको छ। प्रशासनको आदेशअनुसार सम्पूर्ण सभा सम्मेलन रोकिएको छ। सार्वजनिक एवं निजी सवारी साधान सञ्चालनमा रोक लगाइएको छ।

अत्यावश्यक सामान बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा (बढीमा २ जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनलाई काठमाडौं उपत्यका प्रवेशमा रोक लगाइएको छैन ।

एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दुग्धजन्य पदार्थ, बैंक, वित्तिय संस्था, दुरसंचार, इन्टरनेट, क्वारेन्टिन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन लगायतका ढुवानी तथा यातायातका साधनमा संचालन गर्न पाइने तीन जिल्लाको निर्णय छ ।

सो अवधिभर सार्वजनिक एवं निजी सवारी साधन संचालनमा रोक लगाएको हो । यस्तै यातायात, निजी व्यवसायिक प्रतिष्ठान, अत्यावश्यक सेवाबाहेकका सबै क्षेत्र बन्द गर्ने तीन जिल्लाको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस्