Friday, January 28

निखिलको पहिलो श्रीमती कोपिलाले दुखी हुँदै भनिन्, ‘कृपया पत्रकार जी ! गलत समाचार नछापे’

December 6, 2021 113

नायक निखिल उप्रेतीले दोस्रो विवाह गरेको लामो समय पछि पहिलो श्रीमतीसंग डिभोर्स गरे । दोस्रो विवाह गरेको १३ वर्ष पछि उनले पहिलो श्रीमती कोपिलासंग हालै डिभोर्स गरेका हुन् । निखिलले नायिका सञ्चिता लुइँटेलसँग दोस्रो विवाह गरे पनि जेठी पत्नी कोपिलासँग डिभोर्स गरेका थिएनन् । तर एकाएक केही मिडियामा निखिलले कवितासंग डिभोर्स गरेको खबर फैलियो ।

समाचार सार्वजनिक भएपछि कोपिलाले पनि त्यसको पुष्टि गर्दै स्टटास लेखिन् । तर डिभोर्सका क्रममा आफूले निखिलसँग सम्पत्ति लिएको भन्ने गलत हल्ला फैलाइएको भन्दै कोपिलाले फेरी खण्डन गरेकी छन्। आइतबार सामाजिक सञ्जालमार्फत कोपिलाले आफूले बिनासम्पत्ति निखिल उप्रेतीसँग डिभोर्स गरेको स्पष्टीकरण दिएकी हुन्।

‘यो नयाँ ठिमीको घर आजभन्दा १४ वर्षअगाडि नै मेरो नाममा नै थियो, हरेक महिनामा ५० हजार मैले पाएको छु, यो सत्य हो’, कोपिलाले लेखेकी छन्, ‘मैले उहाँको दोस्रो सन्तानले निखिलजीको कानुनी नाम पाउन भनेर यो कठोर निर्णय लिएकी हुँ। कृपया पत्रकारजी गलत समाचार नछापे। मैले ५० लाख लिएको छैन। मेरो भावनालाई सम्मान गरिदिनुहोला।’

प्रतिकृया दिनुहोस्