Friday, January 28

सशस्त्र प्रहरि रहेका श्रीमान एकाएक गायब, छोरी बाबा भन्दै बस्छिन,श्रीमती रुँ’दै(भिडियो हेर्नुहोस्)

December 4, 2021 61

काठमाडौको फर्पिन घर भएकी सुस्मिता शृगार अहिले आफ्ना श्रीमान हराएको भन्दै मिडियामा आएकी छिन । असोज ३० गतेबाट श्रीमान फरार रहेको उनले बताएकी छिन । असोज ३० गतेबाट अफ भएको मोबाइल अहिलेसम्म पनि फोन नलागेको सुस्मिताको भनाई रहेको छ । उनका श्रीमान सशस्त्र प्रहरि हुन । एक महिना भन्दा धेरै भै सक्दा पनि अहिलेसम्म कतै केही खबर नपाएको र श्रीमान पनि सम्पर्कमा नआएको सुस्मिताले मिडियामा बताएकी छिन ।

उनका श्रीमान सशस्त्र प्रहरि सिनामंगलमा कार्यरत रहेका छन । आफुले श्रीमान कार्यरत रहेको स्थानमा बुझ्न जादाँ पनि २८ गते त्यहाबाट छुट्टी लिएर निस्किएको जानकारी पाएको सुस्मिताले बताईन । २८ गते छुट्टी निस्किएका श्रीमान ३० गते बेलुका ५ बजे हाजिर हुनु पर्ने थियो । तर त्यहाँ पनि हाजिर नभएको आफुले जानकारी पाएको उनको भनाई छ ।

३० गते कार्यलयमा हाजिर नभए पछि त्यहाबाट पनि एकजाना प्रहरी खोज्दै आए पछि भने श्रीमान हराएको आफुले बुझेको उनको भनाई छ । ३० गते हाजिर नभए पछि खोज्दै प्रहरी आए पछि त्यही दिन आफुले घरमा पनि जानकारी गराएर खोजी सुरु गरेको उनको भनाई छ । घर फर्पिङ रहेता पनि आफुहरु जावलाखेल बस्दै आएको उनले बताईन ।

२८ गते छुट्टी लिएर भने श्रीमान घर गएको बुझिएको छ । घर फर्पिङबाट ३० गते ४ बजे तिर कार्यलय जान भनी हिडेको परिवारले बताएको सुस्मिताको भनाई छ । तर ३० गते बाटै श्रीमानको मोबाइल भने स्विच अफ रहेको सुस्मिताले मिडियामा बताएकी छिन । आफुले जावलाखेल प्रहरिमा पनि उजुरी दिएको र प्रहरीले फोन डिटेल निकालेर आफुलाई बोलाएको उनले बताईन ।

त्यसमा आफुले चिनेको नम्बर बताए पछि अन्य नम्बरको बारेमा आफुहरु पत्ता लगाएर फेरि बोलाउने भनेता पनि अहिलेसम्म प्रहरिले कुनै जानकारी आफुलाई नदिइएको सुस्मिताले बताएकी छिन । घरमा तथा आफुसगँ कुनै विवाद पनि नभएको उनले बताईन । अहिले ५ वर्षकि छोरिले सधै बाबा खोजिरहने भएकोले पनि आफुलाई धेरै समस्या भएको उनको भनाई छ ।

श्रीमान हराए पछि परिवारले खोजी गरेको भएता पनि आफू फर्पिङ गएर सल्लाह गर्न खोज्दा ससुराले नराम्रो ब्याबहार गरेको उनले बताईन । आफुलाई उल्टै छोरा खोइ, यहाँ अंश लिन आएकी भन्दै आफुहरु सगै नबस्ने र गोठ तिर गएर बस्नु भनी भनेको र अहिलेसम्म परिवार पनि कुनै सम्पर्कमा न आएको उनले बताईन ।

बिबाह भए बाट आफू फर्पिङ नगएता पनि श्रीमान हराए पछि भने जादा त्यसरी भनेको उनको भनाई छ । बिबाह पछि श्रीमान घर गएता पनि आफुलाई भने नलगेको र नजानु भनि भनेकोले आफु नगएको उनले बताईन । भिडियो हेर्नुस

प्रतिकृया दिनुहोस्