Friday, January 28

डिभोर्सपछि पनि कान्छिलाई छोडेर जेठी श्रीमतीसँगै देखिए निखिल, श्रीमतीले खुलाईन् यस्तो रहस्य !

December 3, 2021 138

अभिनेता निखिल उप्रेतीले जेठी श्रीमती कोपिला उप्रेतीसँग सम्बन्ध विच्छेद अहिले नभएर चार महिना अगाडि नै भएको खुलेको छ । निखिलले कोपिलालाई छाडेको लगभग १३ वर्षपछि सम्बन्ध विच्छेद गरेका हुन् । उनको र कोपिलाको भक्तपुर जिल्ला अदालतमा भदौ १ गते सम्बन्ध विच्छेद भएको हो । तर सम्वन्ध विच्छेदको खबर भने अहिले आएर मात्र सार्वजनिक गरिएको हो ।

सम्बन्ध विच्छेदका लागि निवेदन दिएको भोलिपल्ट नै अदालतले दुवैको मञ्जुरीमा सम्बन्ध विच्छेद गराइदिएको हो । सम्बन्ध बिच्छेदबारे खबर बाहिरिएपछि जेठी श्रीमती कोपिला उप्रेतीले सामाजिक सञ्जालमा पूर्वपति निखिल उप्रेतीको खुशीको लागि यो सम्वन्ध विच्छेद गरेको बताएकी छिन ।

उनले एक अर्काको पुरै माया प्रेम र आपसी सहमतिमा यो वैवाहिक सम्वन्धको अन्त्य गरेको समेत बताएकी छिन् । उनले सामाजिक सञ्जाल मार्फत आफुहरु मिल्ने साथी रहेको पनि बताएकी छिन् । निखिल र कोपिला डिभोर्सपछि पनि केहि दिन पहिला एक अाफन्तको बिहेमा सँगै देखिएका छन् । निखिल संचिताको परिवारसँग नदेखिएर कोपिलाको परिवारसँग मात्र देखिएपछि संचितालाइ एक्लाउन खोजेको हल्ला पनि चलेको छ ।

जिल्ला न्यायाधीश उमेश कोइरालाले हस्ताक्षर गरेको निर्णयमा भनिएको छ, ‘यसमा दुवै पक्षले मिलापत्र गरी पाउँ भनी दिएको संयुक्त दरखास्त र सोही दरखास्त बमोजिम लेखिएको मिलापत्रको कागजी व्यहोरा समेत दुवै पक्षलाई बाची सुनाइ सोको मतलब र परिणाम समेत सम्झाउँदा बुझाउँदा समेत लेखिए बमोजिम सुनाइ सोको मतलब सम्बन्ध विच्छेद हुने गरी मुद्दा मिलापत्र गर्न दुवै पक्ष मञ्जुर भई दुवै पक्षले सही क्षापसमेत गरेकोले प्रस्तुत मुद्दा मुलुकी देवानी कार्यसंहिता २०७४ को दफा १९३ (४) बमोजिम मिलापत्र प्रमाणित गरिएको छ ।’

कोपिलालाई भक्तपुरको घर छाडिदिएका छन् । यो बाहेक निखिलले ५० लाख नगद र महिनाको ५० हजार दिनुपर्ने सर्तमा सहमति भएको बताइएको छ ।कोपिलासँग भने निखिलले संघर्षका दिनमा नै विवाह गरेका थिए । भक्तपुर जिल्लामा मेलमिलापमा सकिएको मुद्दामा लेनदेनको विषय भने उल्लेख भएको छैन । खाली दुवै पक्षले सहमतिमा सम्बन्ध विच्छेद गरेको उल्लेख छ

प्रतिकृया दिनुहोस्