Friday, June 25

छवि शिल्पा बारे राजेन्द्र खड्गीले मुख खोले अंश दिएर केस सल्टाउ, प्रकाश सुवेदी माथी तेर्साए प्रश्न (भिडियो)

April 21, 2021 237

नायिका शिल्पा पोखरेलले दिएको उजुरी पछि उक्त कार्यक्रम निलम्बनमा परेका हुन् । शिल्पाले एपीवान टेलिभिजनमै पुगेर कार्यक्रम र प्रकाश सुवेदी विरुद्ध उजुरी दिएकी थिइन् । टेलिभिजन स्रोतका अनुसार गत २ वैशाखमा बसेको एपीवान टिभीको बोर्ड वैठकले शिल्पाका विषयमा थप सामग्री नबनाउन सुबेदीलाई निर्देशन दिएको थियो । तर, त्यसको अटेर गरी सुबेदीले आफ्नो कार्यक्रममा शिल्पाका पूर्वपति छवि ओझाको अन्तरवार्ता लिएर शिल्पावारे थप नकारात्मक कार्यक्रम प्रसारण गरे ।

टिभी स्रोतले भन्यो, ‘२ गतेको बोर्ड वैठकले शिल्पाको अन्तरवार्ताबाहेक उनको विषयमा अरु खालका सामग्री प्रशारण नगर्न भनेको थियो, जसलाई उहाँले अटेर गर्नुभयो ।’सुबेदीले शिल्पाका विरुद्ध अर्को कार्यक्रम पनि बनाएपछि ५ गते वसेको अर्को वैठकले वाध्य भएर कार्यक्रम निलम्बन गरेको स्रोतको भनाइ छ ।

चर्चित कलाकार राजेन्द्र खड्गीले शिल्पा छवी प्रकरणमा आफ्नो धारणा राखेका छन् । उनले छवि ओझालाई सुझाव दिंदै भने, शिल्पा बहिनी संग पैसा दिएर यो केस सल्टाए हुन्छ नत्र बुढेसकालमा एकदम दुख पाइन्छ अदालत धाउँदा ।

मैले त भोगेकोले भनेको हुँ है । छवि ओझाले शिल्पा पोखरेल संगको केस अहिले चर्को तरिकाले सामाजिक संजालमा भाईरल बनिरहेको छ । शिल्पा पोखरेल र छवि ओझा बीच को विवाद मिलेर सल्टाउन राजेन्द्र खड्गीले सुझाव दिंदै अन्तर्वार्तामा किशोर खतिवडालाई समेत दनक दिएका छन् । भिडियो:

प्रतिकृया दिनुहोस्