Sunday, September 19

अदालतको फैसलाले ओली पक्षमा खुसीयाली, मुसुक्क मुस्कुराउँदै प्रधानमन्त्री ओलीले दिए यस्तो प्रतिकृया

March 7, 2021 141

सर्वोच्च अदालतले नेकपाको बारेमा दिएको फैसला पछि पूर्व एमालेमा खुसीयाली छाएको छ । उनीहरुले नेकपा एमाले भन्दै सामाजिक सञ्जालमा खुसी ब्यक्त गर्दै प्रतिकृया दिएका छन ।सर्वोच्च अदालतले सत्तारूढ नेकपाको वैधानिकता बदर गर्दै साविक माओवादी केन्द्र र एमाले ब्युँताइदिएको हो । यो फैसलाले प्रधानमन्त्री केपी ओली पक्ष खुसी देखिएको छ।सर्वोच्च अदालतले पहिल्यै निर्वाचन आयोगमा दर्ता ऋषि कट्टेलको नेकपालाई मान्यता दिएको फैसला परराष्ट्रमन्त्री एवं ओली समूहका प्रवक्ता प्रदीप ज्ञवालीले खुसी हुँदै सामाजिक सञ्जालमा सेयर गरेका हुन्।

यस्तै प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार डा। राजन भट्टराईले पनि त्यही फैसला सामाजिक सञ्जालमा सेयर गर्दै लेखेका छन्, ‘हामी अब २०७५ जेठ २ गतेको अवस्थामा फर्केका छौं।’सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताइदियो छ। सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र अलग–अलग पार्टी रहेको फैसला सुनाएको हो।ऋषि कट्टेलले आफ्नो पार्टीको नाम प्रचण्ड र केपी शर्मा ओली नेतृत्वको पार्टीलाई दिएको भन्दै सर्वोच्च अदालतमा हालेको मुद्दामा फैसला सुनाउँदै सर्वोच्चले ऋषि कट्टेलको नेपाल कम्युिनस्ट पार्टी (नेकपा) लाई आधिकारिकता दिएको छ। अब ओली र प्रचण्ड नेतृत्वमा नेकपालाई भने खारेज गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको फैसला मान्ने बताएका छन्। संसद् भवनबाट बाहिरिने क्रममा नेकपाबारे सर्वोच्च अदालतले आज गरेको फैसलासँग सम्बन्धित रही सञ्चारकर्मीले राखेको जिज्ञासामा जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीमो मुहारमा पनि खुसी देखिन्थ्यो ।उनले मुसुक्क मुस्कुराउँदै फैसला कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे। अपराह्न करीब ४ बजे संसद् भवन प्रवेश गरेका प्रधानमन्त्री ओली करिब आधा घण्टा बसेर फर्किएका थिए।

प्रतिकृया दिनुहोस्