Monday, October 18

अन्ततः यही बैशाख ९ गते देखि एक साताका लागि लकडाउन गर्ने प्रसासनको निर्णय

April 21, 2021 436

पछिल्लो समय कोरोना भाइरस संक्रमण बढ्दै गएको बाँके जिल्लामा लकडाउन हुने भएको छ।

जिल्ला कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समिति बैठकले संक्रमण नियन्त्रण गर्न यही बैशाख ९ गते देखि एक साताका लागि जिल्लाभर लकडाउन गर्न लागिएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए।

उनले भने, ‘संक्रमण बढ्दै गए पछि एक हप्ता लकडाउन गर्ने तयारी गरिएको हो।‘ तीव्र रूपमा संक्रमण फैलिन थालेपछि त्यससँग जुध्न कडा प्रतिबन्धको विकल्प तत्काल नदेखिएकाले ९ गतेदेखि एक साताका लागि त्यस्ता प्रतिबन्ध लगाउनेे निर्णय भएको उनले जानकारी दिए।

‘जिल्लाभर नै लकडाउन गर्ने कि कुन-कुन क्षेत्रमा गर्ने भनेर भोलि टुंगो लगाउँछौ,’ गेलालले भने। विमानस्थल र राजमार्ग खुला राख्ने र जमुनाहा नाकाबाट आउने नेपालीलाई सम्बन्धित ठाउँमा पुर्‍याउने व्यवस्था मिलाउने उनले बताए।

भारतमा संक्रमण बढ्दै गएपछि सीमा जोडिएका कारण उक्त क्षेत्रबाट भित्रिनेको संख्या अत्यधिक भएको र कोरोनाका संक्रमित थपिँदै गएकोले यसलाई अनियन्त्रित हुन नदिन लकडाउन गर्न लागिएको स्थानीय प्रशासनले जनाएको छ।

त्यस्तै काठमाडौं जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण गर्न सूचना जारी गरेको छ। सुरक्षा मापदण्ड अपनाउन भन्दै प्रशासन कार्यालयले १३ बुँदामा सूचना जारी गरेको हो।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएको हो।

सोही पत्र अनुसार प्रशासन कार्यालयले भीडभाड नगर्न, अनिवार्य मास्कको प्रयोग गर्न, २५ जना बढी भेला नहुन, सवारीसाधनमा सिट क्षमताभन्दा बढी नराख्न, यात्रुबाहक सवारीसाधनमा चालक र सहचालकले अनिवार्य मास्क र भाइजर लगाउन अनुरोध गरिएको छ।

प्रशासन कार्यालय तोकेको स्वास्थ्य मापदण्डको पालना नगरिए संक्रामक रोग ऐन २०२० अन्तर्गत कारबाही गर्ने चेतावनी समेत दिएको छ।

प्रतिकृया दिनुहोस्