Friday, October 22

माधव नेपाललाई यस्तो पत्र पठाउँदै केपी ओलीले सोधे, तपाईंलाई सांसद पदबाट किन नहटाउने ?

April 20, 2021 183

नेकपा एमालेमा फेरी कारवाहीको शिलसिला सुरु भएको छ । नेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेका २७ सांसदहरुलाई कारवाही प्रकृया सुरु गरेका छन् । उनले पहिलो चरणमा माधव नेपाल सहित २७ सांसदलाई स्पष्टिकरण सोधेका छन् । सोमवार बसेको एमालेको बैठकले माधव नेपाल सहितका नेतालाई कारवाही गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार पार्टीले स्पष्टिकरण सोधेको हो ।

पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव योगेश भट्टराई, स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे लगायत २७ सांसदलाई सो स्पष्टीकरण सोधिएको हो। ओलीले संसदीय दलको विधान २०६६ विपरीत सरकार विरुद्ध क्रियाकलाप गरेको भन्दै स्पष्टीकरण सोधेका छन्।

सोमबार नेपाल पक्षका सांसदलाई तीन पृष्ठको पत्र पठाउँदै ओलीले ४ बुँदे प्रश्न सोधेका छन्। ओलीले पठाएको स्पटीकरणमा थप गतिविधि जारी राखे जुनसकैबेला थप कारवाही गर्ने भन्दै सचेत गराएका छन्।

पूर्वप्रधानमन्त्रीद्वय नेपाल, खनाल, नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, मुकुन्द नेउपाने, रामकुमार झाँक्री, पवित्रा निरौला, मेटमणि चौधरी, यज्ञराज सुनुवार, जीवनराम श्रेष्ठ, झपट रावल, विरोध खतिवडा, सोमप्रसाद पाण्डे, गणेश पहाडी, भवानी खापुङ, नारायण खतिवडा, जयकुमार राई, दिपकप्रकाश भट्ट, हिराचन्द्र केसी, पुष्पाकुमारी कर्ण कायस्थ, कल्याणी खड्का, लक्ष्मी चौधरी, सरला यादव, कृष्णलाल महर्जन र निरादेवी जैरुलाई सो स्पष्टीकरण पत्र पठाइएको छ।

प्रतिकृया दिनुहोस्