Friday, December 3

भखरै बिहे बन्धनमा बाधिएका मनोज गजुरेल माथि पर्यो अर्को बज्रपात

October 20, 2021 85

चर्चित हाँस्यकलाकार मनोज गजुरेलले अघिल्लो हप्ता दोश्रो विवाह गरे। विवाहको खुशी साँट्न नपाउँदै उनीमाथि ठूलो बज्रपात आइलागेको छ। उनले आफ्नो मामा घरका भाई गुमाएका छन्। लामो स्टटास लेख्दै मनोजले भाई प्रति निकै माया दर्साएका छन् । उनको यो स्टाटसले सबैलाई भावविह्वल बनाएको छ।

यस्तो छ गजुरेलको फेसबुक स्टाटसः प्यारो भाइ विवेक तिम्रो भौतिक शरीरबाट निस्किएको आकास तत्व ९आत्मा०को अनन्तयात्रा मङ्गलय बनोस्। यदी तत्कालै पुनर्जन्मको योग छ भने फेरीपनि हाम्रै मावली खलकमा जन्म लेउ, हामी प्रतीक्षा गरिरहनेछौँ साने हरि ॐ तत्सत् अर्थात् यही नै सत्य ह।

तिमी हाम्रो माईला मामाको एक्लो छोरोमात्र थिएनौ, एउटा ईमानदार, भद्र र परिश्रमी युवा पनि थियौ। उहिले जीवन मरणको लडाइँ लडिरहनु भएका मामाले तिमी जन्मिएको खबर सुनेर लामो श्वास फेर्दै भन्नू भएको अझै याद छ, ‘५ वटी छोरीपछि जन्मिएको यही छोरो हुर्किएर आमालाई पाल्छ, अब म मरेपनि चिन्ता छैन।

नभन्दै सानैदेखि संघर्ष गर्यौ। माईजुको बाँच्ने साहारा भयौ । पाँच दिदिहरुको एक्लो माईती बन्यौ। आफन्तको आशलाग्दो सदस्य रह्यौ। हाम्रो हँसिलो, प्यारो र मनपर्ने मावली भाइ थियौ। ‘तर, २२ बर्षको कलिलो उमेरमै शरीर छोड्यौ ! हामीलाई अन्त्यन्तै, अन्त्यन्तै र अत्यन्तै पीडा छोडेर गयौ भाइ।

माइजू कुन मनोदशाबाट गुज्रिरहनु भएका होला ! दिदीहरुलाई के बितिरहेको होला ! मामा सानिमाहरु दुःखको कत्रो पोखरीमा डुबेका होलान् ! हामी अत्यन्तै मर्माहत भएका छौँ कान्छा !

हाम्रा बुबा बितेपछि आमाले हामीलाई मावली गाउँमा गुँड सार्नुभयो । एक प्रकारले भनौं, मावलीघरमा शरण पायौं । बुबा नभएपनि बाल्यकालमा मामाहरुबाट एकप्रकारको अभिभावकत्व पायौं ।

त्यसमा पनि माईलामामाको सरल र सहयोगीपनले आमालाई ७ वटा बचेरा च्यापेर माईतीमा बस्न सहज बनायो । तिमी त्यो व्यक्तीको वीज हौ जोसँग हाम्रो ‘मामाभान्जा’भन्दा गहिरो प्रेम, अग्लो नाता र बलियो सम्बन्ध थियो

मामा बितेपनि आमाले तिमीलाई ‘माईलो भाइ’ मान्नुहुन्थ्यो । माईजुले आमालाई अभिभावक ठान्नुहुन्थ्यो । हामी तिमीमा हाम्रा ती माईलामामाको स्वभाव देख्थ्यौँ जो सोझो, परिश्रमी र प्रेमल हुनुहुन्थ्यो ।

‘रमिते’को लेकमा गोठ बस्दा होस् वा ‘मल्लिंडे’को बेँशीमा खेत जोत्दा होस्, ‘झिलझिले’मा अधियाँ कमाउदा होस् वा ‘दमक’मा बनिबुतो गर्दा होस्, हाम्रा माईलामामाले हाम्री आमालाई यति सहयोग गर्नुभयो कि सायद आमाले कहिल्यै एक्लो महसुस गर्नु भएन । अनि हामीले पनि !

हाम्री आमा अर्थात् ‘ठुल्दिदी’ र तिम्रा बुबा अर्थात् ‘माईलो भाइको प्रेमपुर्ण सम्बन्ध कमै दिदीभाइको हुन्छ होला ! त्यस्तो प्यारो भाइको एकमात्र छोरो, तिमी यस संसारमा छैनौ भन्दा तिम्री ‘ठुली फूपू’ अत्यन्तै मर्माहत हुनुहुन्छ ! हाम्रा सबैभन्दा प्यारा ‘माईलामामा’को पुत्राधिकारी सकियो भन्ने सुन्दा हामी भाव विह्वल भएका छौँ बाबू

मृत्यु शाश्वत सत्य हो तर यति चाँडो हुनुहुन्थेन, विस्मात यसैमा छ । ६ सन्तानको भारी बोकेर दुःखका विकट पहाडबाट छिचोल्दै माइजू बल्ल सुखको श्वास फेर्न खोज्दै हुनुहुन्थ्यो तर तिम्रो देहान्तले उहाँको यात्रामा फेरि डरलाग्दो भीरको उकालो बाटो आईपुगेको छ । माइजू, ५ दिदिहरु, तिम्रा मावली र हामीलाई तिम्रो अभावले सताई रहनेछ । हार्दिक श्रद्धाञ्जली विवेक !

सायद अहिले तिम्रो आत्मा ‘माईलामामा’ले गोठ पालेर आधा जिन्दगी बिताएको गुराँसे र रमितेको पातलतिर विचरण गर्दै होला ’ झिलझिले, काठमाण्डौ, सप्तरीतिर फन्को मार्दै होला ! पुत्रवियोगमा छटपटिएकी आमाको वरीपरी घुम्दै होला । भातृवियोग रोईरहेका दिदी भिनाजुको छेउछाउ तरङ्गित हुँदै होला !

माईजु, दिदी भिनाजु र हाम्रो याद छोडेर आफ्नो मुलमा जाउ विवेक ! अब दिदी भिनाजुले आमाको सेवा गर्नेछन् । हामी लगायतका आफन्तले सहयोग गर्नेछौँ । तिमीले अब यो भौतिक जगतको चिन्ता गर्नु पर्दैन ।

तिम्रो भौतिक शरीरबाट निस्किएको आकास तत्व (आत्मा)को अनन्तयात्रा मङ्गलय बनोस् । यदी तत्कालै पुनर्जन्मको योग छ भने फेरीपनि हाम्रै मावली खलकमा जन्म लेउ, हामी प्रतीक्षा गरिरहनेछौँ साने हरि ॐ तत्सत्

‘विवेक’ मृत्युको कारणस् ज्यानमारा सडकको कामचोर विभाग ! २२ बर्षीय भाइ विवेक सापकोटा काठमाडौबाट मोटर साईकलमा एक्लै पुर्व जाँदै थिए । २१ बर्षकै दयारामसिंह राजवंशी झापाबाट चन्दनकुमारसहित पश्चिम आउँदै थिए । महेन्द्र राजमार्ग अन्तर्गत सप्तरीको अमाहा भन्ने ठाउँमा दयारामको बाईक अनियन्त्रित भएर आफ्नो लेनमा कुदिरहेको विवेकको बाईकसँग जुध्न पुगे । विवेक र दयारामको मृत्यु भयो, चन्दन कुमार घाईते भए ।

दुर्घटनामा बितेका २१ बर्षिय दयारामपनि कसैको मुटुको टुक्रा थिए। उनका परिवारमा पनि ठुलो बज्रपात परेको छ। उनिप्रति पनि हार्दिक श्रद्धाञ्जली दयारामले मार्छु भनेर विवेकलाई हानेको पनि हैन होला, विवेकले मर्छु भनेर दयारामको बाईकमा ठोकिएका पनि नहोला ! सत्यतथ्य के हो, प्रहरीले पत्ता लगाउला तर अमाहा सडक दुर्घटनाको एउटा गम्भीर पाटोको बारेमा बोल्नैपर्ने भएको छ ।

जुन ठाउँमा दुर्घटना भयो, त्यहाँ लामो समयदेखि एउटा ठूलो खाल्डो छ। कल्भर्ट छेउको त्यो खाल्डो पुर्न स्थानीयवासीले धेरै पटक अनुरोध गरे । अनुरोधको सुनुवाई नहुँदा प्रदर्शनहरु भए, जुलुस निस्किए। हिजो त झडप नै हुनपुग्यो। केही स्थानीय र प्रहरीहरु घाईते भए। उनिहरुको उपचार चलिरहेको छ । सिघ्र स्वास्थलाभको कामना।

हाम्रो भाइ विवेक अनि सम्भवतस् दयाराम राजवंशी दुवैजना श्रमजिवी परिवारका सदस्य थिए १ उनिहरु त बितेर गए तर सडक मर्मत सम्भारमा गैरजिम्मेवार देखिएको सरकारका कारण निम्तिएका यस्ता दुर्घटनाले खोसेका विवेक र दयाराममा आश्रीत परिवारलाई न्याय र क्षतीपुर्ती कसले दिन्छ रु केन्द्र सरकार रु प्रदेश सरकार रु स्थानीय सरकार रु कि निर्माण र मर्मतको जिम्मा लिएको ठेकेदार कम्पनी रु

सप्तरीको यो सडक दुर्घटना एउटा प्रतिनिधि घटनामात्र हो । देशैभरीका सडकमा यस्ता समस्या छन् । बर्सेनि हजारौंको संख्यामा नागरिकको ज्यान जाने गरेको छ । समाधानको अनुरोध गर्दा केन्द्र सरकार प्रदेश सरकारलाई देखाउँछ ।

प्रदेश सरकार स्थानीय सरकारतिर पन्छाउछ। स्थानीय सरकार सडक विभागलाई दोष दिन्छ । सडक विभाग ठेकेदारलाई दोष दिन्छ । ठेकेदार बजेट निकासा भएको छैन भनेर पन्छिन्छ।

उनिहरुको यो गोलचक्करमा सडक दुर्घटनामा सरकारकालागि त केहीथान मान्छे मरे होलान् तर विवेक र दयारामका परिवारका लागि भने सर्वस्व हुन्। उनिहरुको सर्वस्व लुटिएको छ। यो व्रम्हलुटको मुख्य कारण हाम्रो गैरजिम्मेवार सरकारले नै यिनिहरुलाई क्षतिपूर्ति दिनसक्छ।

यस्ता दुर्घटना नदोहोर्याउन प्रतिवद्धता जाहेर गर्नसक्छ रु प्रतिवद्धतालाई व्यवहारमा कार्यान्वयन गर्न गराउन र मुख्य दोषिलाई दण्डित गर्न सक्छ रु दबाब कायम राखौं।

अन्त्यमा, पुनस् सडक दुर्घटनामा ज्यान गुमाएका दुबै भाइहरुको आत्मा शान्तीको कामना गर्दछु । उनिहरुको आश्रीत परिवारलाई उचित क्षतिपूर्ति दिन सरकार, स्थानीय निकाय, सडक विभाग र सम्बन्धित ठेकेदारलाई जोडदार माग गर्दछु ।

अनि, सडक निर्माणलाई गम्भीर रुपमा नलिने, मर्मत संभारमा ध्यान नदिने, कमसल निर्माण सामाग्री प्रयोग गर्ने र बारम्बार नागरिकको जिउ ज्यानलाई लिईरहने सम्बन्धित निकाय र व्यक्तीलाई कारवाही किन नगर्ने ?

प्रतिकृया दिनुहोस्