Friday, December 3

यिनी हुन् ४ जनाको मृत्यु भएको मोतिपुर घटनाका मुख्य योजनाकार

October 20, 2021 72

रुपन्देहीको मोतीपुरमा निर्माणाधीन औद्यौगिक क्षेत्रको जग्गा कब्जा गर्ने कार्यमा संलग्न मुख्य नाइकेलाई प्रहरीले पक्राउ गरेको छ । सो घटनामा ४ जनाको मृत्यु भएको थियो । जग्गा कब्जा गर्न अरुलाई उक्साउने, समुह बनाउने लगायतका काममा उनको नेतृत्व रहेको प्रहरीले जनाएको छ । उनले टोली गठन गर्ने, समिति गठन गरी अध्यक्षता ग्रहण गर्ने, ब्यानर निर्माण गर्ने गरेका थिए ।

४ जनाको मृत्यु हुनेगरी भएको घटनाको मुख्य ब्यक्ति भन्दै प्रहरीले ४४ वर्षिय साविर अलि मुसलमानलाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ । कपिलवस्तु शुद्धोधन गाउँपालिका–६ स्थायी घर भइ हाल रुपन्देहीको बुटवल उप–महानगरपालिका वडा नम्बर ११ देवीनगरमा बस्दै आएका उनलाई मुख्य ब्यक्ति भन्दै प्रहरीले दावी गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले सोमबार अलि बस्दै आएको देवीनगरस्थित उनकै डेराबाट पक्राउ गरी सार्वजनिक गरिएको प्रहरी निरीक्षक भास्कर चन्दले जानकारी दिए । पक्राउ परेका अलिलाई कानुन बमोजिक कारवाहीका लागि प्रकृया अघि बढाइएको उनले बताए ।

अलिको साथबाट प्रहरीले ३ थान ब्यानर, माइनटिङको प्रतिलिपि, टोली गठन गरेको सम्पर्क नम्बर सहितको नामावली उल्लेख भएको १३ थान कागजात र बस्ती विकासको सहयोग रसिद २ थान फेला परेको छ । घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्