Tuesday, September 21

सचिनलाई स्कुल नपठाएर म्युजिक भिडियो र प्रोग्राममा पठाएर उसको बुवाले उसलाई पैसाको लागी बेचिराको छ कलाकार सबिता भट्टराईको आक्रोश (भिडियो सहित)

April 18, 2021 434

उमेर ९ वर्ष निर्दोष स्वभाव हँसिलो अनुहार बोलीमा चञ्चलता र मिठास गुल्मीका सचिन परियार । अहिले सोसल मिडियाका हरेक प्लेटफर्ममा हिट छन्। अहिले सचिनलाई म्युजिक भिडियोदेखि टेलिफिल्ममा लिनका लागि तँछाड–मछाड नै देखिन्छ । रमाइलो तरिकाले बोल्ने शैलीका कारण चर्चामा आएका सचिनको यात्रा तत्कालका लागि निकै फैलिएको छ।

पहिलोपटक गुल्मीबाटै एक युट्युब च्यानलमा अन्तर्वार्ता दिएका सचिनको बोल्ने शैली र हँसिलो आनीबानीले धेरैलाई तानेको थियो। पछिल्लो समय लोकप्रिय बनेको एप्स् ‘टिकटक’मा त्यसताका उनी निकै छाए।सचिनको आवाजमा टिकटक बनाउन नाम चलेकै कलाकारले पनि लिप्सिङ दिए। त्यही अन्तर्वार्तापछि काठमाडौं आएका सचिनले ‘इन्द्रेणी’ कार्यक्रममा उस्तै शैलीमा गीत गाए। बालगायिका आयुषा गौतमसँग गाएको गीतले सचिनलाई भाइरल बनाउन थप मद्दत गर्यो । सचिन उनको बुवा र अहिले आमाको बिषयलाई लिएर कलाकार सबिता भट्टराईले आफ्नो यस्तो तर्क राखेकी छिन हेरौ उनको बिचार

प्रतिकृया दिनुहोस्