Friday, December 3

दसैंमा ससुराली हिँडेका संजिवको बाटोमै ह’ त्या, पत्रकारको परिचय पत्र पनि फेला पर्यो

October 18, 2021 32

धनुषामा एक युवक ससुराली जाँदै गर्दा वाटोमा मृ त फेला परेका छन् । उनको शरिरभरी ह ति या र प्रयोग गरेको देखिएको छ । हेर्नै नसकिने अवस्थामा एक पुरुषको श व फेला परेको प्रहरीले जनाएको छ।

नगराइन नगरपालिका–५ स्थित नवटोलीबाट गंगुली जाने बाटोमा आइतबार श व फेला परे पछि प्रहरीले अनुसन्धान थालेको थियो । ति युवा सिरहाको मिर्चैया नगरपालिका बस्ने ३५ वर्षीय संजिव पंडित रहेको धनुषाका एसपी प्रकाश रानाभाटले जानकारी दिए।

प्रहरीका अनुसार पंडितको श री रको पाँच ठाउँमा प्र हा र गरिएको छ। उनको मृत्यु हुनुअघि कसैसंग वि वा द भएको हुनसक्ने प्रहरीले अनुमान लगाएको छ । धेरै पटक प्र हा र भएको देखिएकाले प्रहरीले यस्तो अनुमान लगाएको हो । उनको साथमा विराटनगरबाट प्रकाशित हुने उडान टाइम्सको प्रेस परिचय पत्र पनि भेटिएको छ। साथै पेचकस र पिलास पनि फेला परेको एसपी रानाभाटले जनाए।

पंडितको जनकपुरस्थित पौडेसरमा ससुराली रहेको र उनी दसैंका लागि त्यता जान लागेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । ससुराली घर नपुग्दै उनी बिच बाटोमै मृ त फेला परेका हुन् । घटना विषयमा थप अनुसन्धान भइरहेको एसपी रानाभाटले बताए। फाइल तस्बिर

प्रतिकृया दिनुहोस्